Shittalpati
पाल्पामा जिप दुर्घटना : ८ जनाको मृत्यु, घाइतेको संख्या १८ पुग्यो (अपडेट)

पाल्पा, पाल्पाको तिनाउ गाउँपालिका–६, मस्यामको चिदिसमा जिप दुर्घटना भएको छ । सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप मंगलबार चिदिसमा दुर्घटना भएको हो ।

दुर्घटनामा ८ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख हेरम्वर शर्माले जानकारी दिए ।  अझै मृतकको पहिचान हुन सकेको छैन् ।  घटनामा घाइते  हुनेको संख्या १८ पुगेको छ । घाइतेहरुको अहिले लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको एसपी शर्माले बताए। प्रहरी र स्थानीयको सहयोगमा  घाइतेहरुको उद्दार गरिएको हो ।

उकालोमा ब्याक गर्ने क्रममा जिप दुर्घटना भएको प्रहरीको प्रारम्भीक अनुमान रहेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  २०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update