पाल्पामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु, ११ घाइते 
                        
                        
                                                
                                            
                                                                    पाल्पा, जिल्लाको तिनाउ गाउँपालिका–६, मस्यामको चिदिसमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप चिदिसमा दुर्घटना भएको हो ।
मृतकको पहिचान भने हुन सकेको छैन् ।  घाइतेहरुलाई प्रहरी र स्थानीयले उद्दार गरी   लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइएको छ  । उकालोमा ब्याक गर्ने क्रममा जिप दुर्घटना भएको प्रहरीको प्रारम्भीक अनुमान गरेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 
 
प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

                                        
                                        
                                        
                    
                    
                    