Shittalpati
रूपन्देहीमा टिपर दुर्घटना : माथागढीका २ जनाको मृत्यु 

पाल्पा, रूपन्देहीको देवदह नगरपालिका–६ गिद्धे भिरस्थित सडकमा टिपर दुर्घटना भएको छ ।  बिहीबार साँझ लु.२ ख ४५०९ नम्बरको टिपर अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने दुई जना घाइते रहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । कक्षका अनुसार मृत्यु हुनेहरूमा पाल्पाको माथगढी गाउँपालिका रहवासकी ३५ वर्षीया भिमिसरा सारू र २३ वर्षीया सिर्जना सारूकी छोरी २ वर्षीया प्रसला सारू रहेका छन् । उनीहरुको घटनास्थलमै ज्यान गएको हो । दुर्घटनामा चालकसहित २ जना घाइते रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको मेडिकल कलेज भुलहीमा उपचार भइरहेको बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १४:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update