Shittalpati
तानसेनको गोर्खेकोटमा सुन्तला बोकेको गाडी दुर्घटना 

पाल्पा,  जिल्लाको  तानसेन नगरपालिका –१ गोर्खेकोटमा गाडी दुर्घटना भएको छ । आज विहान गुल्मीको तम्घासबाट बुटवलतर्फ सुन्तला बोकेर जाँदै गरेको बा. प्रदेश ०३ –००१ च ०३०३ नम्वरको पिकप गाडी गोर्खेकोट नजिकै दुर्घटना भएको हो । 

गाडीमा चालक र सह चालक रहेका थिए । उनीहरु सकुशल रहेका छन् । गाडी सडकबाट ५० मिटर तल खसेको छ । सुन्तलाहरु यत्रतत्र छरिएका छन् ।

 के कति कारणले गाडी दुर्घटना भएको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ । अहिले स्थानीयहरुको सहयोगमा सुन्तला उठाउने काम भइरहेको छ ।  


 

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  ०९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update