Shittalpati
लागूऔषध मुद्दाका फरार व्यक्ति पक्राउ

पाल्पा, लागूऔषध ब्राउनसुगर हिरोइन मुद्दामा संलग्न रही ४ वर्षदेखि फरार रहेका व्यक्ति पक्राउ परेका छन् । गुल्मी कालिगण्डकी गाउँपालिका वडा २ घर भई हाल स्याङ्जाको फेदिखोला गाउँपालिका–२ उपल्लो कुँडुले बस्ने ४४ वर्षीय रेशम थापा मगर पक्राउ परेका हुन्  ।  

जिल्ला अदालत स्याङ्जाको २०७६ असार १ गतेको फैसलाले ५ वर्ष कैद र १० हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले फेदिखोलाबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि स्याङ्जा जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार स्याङ्जामा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update