Shittalpati
पिकअप र मोटरसाइकल ठोक्किँदा बुटवलमा एक जनाको मृत्यु

बुटवल, पिकअप र मोटरसाइकल ठोक्किँदा बुटवलमा एक जनाको मृत्यु भएको छ । बेलवास–बेथरी सडक खण्ड अन्तरगत बुटवल ११ नहरपुरमा लु १ च ७०२४ नम्वरको  बलेरो पिकअप र लु ६१ प ५५०८ नम्वरको मोटरसाईकल ठोक्किंदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बुटवल –११ निवासी ४५ वर्षीय शालिकराम खनाल रहेका छन् । दुर्घटनाबाट गम्भीर घाइते खनालको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । सोही दुर्घटनामा परी गम्भीर घाइते मोटरसाइकल चालक बुटवल–११ का शेखर पोखरेलको भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पिकअप र चालकलाई ईलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update