Shittalpati
तानसेनको सेन्ट कपितानियो स्कुलमा दशैंको टिका लगाएर शुभकामना आदान–प्रदान

पाल्पा, नजिकिदाें दशैंका अवसरमा जताततै शुभकामना आदान–प्रदान कार्यक्रम सञ्चालन भइरहेका बेला पाल्पाको सेन्ट कपितानियो स्कुलले भने निधारमा टिका, कानमा जमरा लगाएर दशैंको एक आपसमा शुभकामना आदान–प्रदान गरेको छ । नेपालीहरुको महान चाड बडा दशैं नजिकै जादाँ स्कुलले शिक्षक, कर्मचारीहरुबिच टिका जमरा लगाएर शुभकामना आदान–प्रदान गरेको हो ।

 यही असोज २७ गतेदेखि दशैं, तिहारको अवसरमा विद्यालय विदा हुने भएपछि विद्यालयका प्रिन्सिपल ऐनिस जोसेफले सबै शिक्षक, कर्मचारीहरुलाई दशैको टिका र जमरा लगाई दिएकी हुन् । प्रिन्सिपल जोसेफले दशैंको टिका र जमरा लगाई दिएपछि सबैलाई मिठो भोजन समेत गराएकी छन् । शिक्षक कर्मचारीहरुलाई दशैंको टिका जमरा लगाई दिदै प्रिन्सिपल जोसेफले दशैं सबै नेपालीहरुको महान चाड भएकाले एक आपसमा मिलेर मनाउनुपर्नेमा जोड दिईन । प्रिन्सिपल जोसेफले जाति, धर्म, लिङ्ग, पेशाबाट माथि उठेर यस्ता चाड पर्व मनाउनु पर्नेमा जोड दिईन । सबै खालका संस्कार संस्कृति र पर्वले एक अर्का बिचको एकता कायम हुने र सम्बन्ध प्रगाढ  बनाउने प्रिन्सिपल जोसेफले विश्वास गरिन् । विद्यार्थी तथा बालबालिकाहरुलाई विद्यालयबाटै दशै पर्वको महशुस गराउँदा, उनीहरुमा खुसीयाली बढ्ने, जोस जागर भरिने, एक आपसमा रमाउने गरेको उनले बताईन । प्रिन्सिपल जोसेफ भनिन् ‘विद्यालयमा शिक्षक, कर्मचारी, विद्यार्थीहरुबिच  नेपालमा मनाईने सबै धर्म, जातजातीका चाडपर्व एक आपस मिलेर मनाउने, एउटा धर्मको पर्व अर्काेलाई जानकारी गराउने उद्देश्यले विद्यालयमा सबै पर्व मनाउँदै आएका छौं ।’

सो कार्यक्रममा शिक्षक तुल्सीराम पोखरेलले नेपालमा मनाइने सबै खालका चाड पर्वले सबैमा खुसीयाली ल्याउने, एकआपसमा सुुमधुर सम्बन्ध बनाउने भए पनि दशैं, तिहार, छठ तथा नेपाल सम्वत जस्ता पर्व नेपालीहरुको लागि विशेष पर्व रहेको बताए ।

नेपाल मनाइने हरेक चाडपर्वका फरक फरक विधा र रिती रिवाजहरु रहेको पाइन्छ । विद्यालयले प्रत्येक बर्ष दशैं,तिहारको विदा हुने दिन सबै विद्यार्थीहरुलाई दशैको टिका र जमरा लगाएर विदा दिंदै आएको छ । विद्यालयमा कक्षागत शिक्षकले सबै विद्यार्थीलाई टिका जमरा लगाएर विदाई गर्ने कार्यक्रम विद्यालय सञ्चालन समय देखी नै चल्दै आएको शिक्षक तुल्सीराम पोखरेलले बताए । कार्यक्रममा सहायक प्रिन्सिफल सिष्टर लिलियन लगायत सबै शिक्षक, कर्मचारीहरुको सहभागिता रहेको थियो । शुभकामना आदान–प्रदान कार्यक्रम शिक्षक कृष्ण खत्रीको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १३:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update