पाल्पा, बौद्ध धर्म गुरु डा. कविन्द्र बज्राचार्यले बुद्ध उपदेश, बुद्ध शिक्षा आधुनिक युग सुहाउँदो रहेको बताएका छन् । धर्मचक्र बौद्ध युवा संघ तानसेनको वार्षिक साधारण सभा तथा आठौं अधिवेशनलाई सम्बोधन गर्दै बौद्ध गुरु डा.बज्राचार्यले बौद्ध शिक्षा तथा उपदेशहरु जीवनका लागि सबैभन्दा उपयुक्त शिक्षा भएकाले नियम संगत पालना गर्न कार्यक्रममा सहभागीहरु लाई अनुरोध गरे । बौद्ध शिक्षा तथा उपदेश साधनामा मानिसमा आइपर्ने दुःखका कारण, त्यसको निवारण, मानिस लाई प्राप्त हुने सुख तथा आनन्दहरुको बारेमा आधुनिक विज्ञानले समेत अंंगिकार गरेको बौद्ध धर्म गुरु डा.बज्राचार्यले बताए ।
बुद्धले ध्यानकै कारण ज्ञान प्राप्त गरेको हरेक कामहरु सफल बनाउन ध्यान एकदमै जरुरी भएको डा. बज्राचार्यले बताए । ध्यान भनेको एकाग्रता त्यस विषयमा गहिरो अध्यन, अनुसन्धान तथा चिन्तन हो हरेक कार्य सफल बनाउन ध्यान महत्वपूूर्ण रहेको डा. बज्राचार्यले बताए । ‘बुद्धले कसैलाई पनि ठूूलो सानो, धनी गरिव भनेर विभेद गरेको छैन् सबैलाई समान रुपमा हेरेको छ प्रकृतिले सबैलाई समान अवसर दिएको छ जसले ध्यान गर्छ, चिन्तन मनन् गर्छ उसले सफलता प्राप्त गर्छ जसले अल्छी गर्छ मिहेनत गर्दैन, ध्यान गर्दैन उसले चाहे अनुसारको सफलता पाउदैन ’धर्म गुरु डा. बज्राचार्यले भने ।
वार्षिक साधारण सभामा संघका अध्यक्ष दिनेशबहादुर बज्राचार्यले संघ स्थापना भएदेखी हालसम्म खेलेको भूूमिका, बुद्ध धर्म, उपदेश तथा मानवहितमा गरेका काम गतिविधी, कार्यसमितिको योगदान, साधारण सदस्यहरुको काम कर्तव्य जिम्मेवारीको बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा संस्थाका महासचिव नारायणबहादुर बज्राचार्यले संघले गरेका बार्षिक रुपमा गरेका करीव ३० वटा कार्यक्रमहरुको बिस्तृत रुपमा चर्चा गरेका थिए भने कोषाध्यक्ष जितेन्द्र बहादुर बज्राचार्यले १८ लाख ८६ हजार ८ सय ७१ को बार्षिक आम्दानी खर्चको विवरण प्रस्तुत गरेका थिए । संघका निर्देशक विरेन्द्रराज शाक्यले बार्षिक साधारण सभा तथा अधिवेशनको बारेमा चर्चा गरेका थिए । बार्षिक साधारण सभामा संघ भित्रका एसइई र कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने एक एक जना छात्र छात्रालाई सम्मान गरिएको थियो । कार्यक्रम संघ अध्यक्ष दिनेशबहादुर बज्राचार्यको अध्यक्षता, महासचिव नारायणबहादुर बज्राचार्यको सञ्चालन र उपाध्यक्ष बसन्तलाल बज्राचार्यको धन्यवाद ज्ञापनमा भएको थियो ।
संघको अध्यक्षमा बज्राचार्य

संघको आठौं अधिवेशनबाट बसन्तलाल बज्राचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । समितिको निवर्तमान अध्यक्षमा दिनेशबहादुर बज्राचार्य, उपाध्यक्षमा नारायण बहादुर बज्राचार्य, महासचिवमा अनुराधा बज्राचार्य, सचिवमा अञ्जु शाक्य, कोषाध्यक्षमा जितेन्द्र बहादुर बज्राचार्य चयन भएका छन् । यसैगरी कार्यसमिति सदस्यहरुमा प्रविन बहादुर बज्राचार्य, राजेश बहादुर बज्राचार्य, धिरज बहादुर बज्राचार्य, प्रशन्न बहादुर बज्राचार्य, दिप्ती बज्राचार्य, अञ्जुला बज्राचार्य, विनोद शेखर बज्राचार्य, ज्ञानेन्द्रकाजी शाक्य र विजय बुद्धाचार्यलाई चयन गरेको निवर्तमान अध्यक्ष दिनेश बहादुर बज्राचार्यले बताए । एक जना कार्यसमिति सदस्यमा संघको पहिलो बैठकबाट मनोनित गर्ने भएको छ ।


                                        
                                        
                                        
                    
                    
                    