Shittalpati
रिडी‐रुद्रबेणी सडक अबरुद्ध

गुल्मी, पहिरोका कारण कालीगण्डकी करिडोर सडक अबरुद्ध बनेको छ । कालीगण्डकी करिडोर अन्र्तगतको रिडी‐रुद्रबेणी सडक खण्डमा सडक माथिबाट ठूलो पहिरो खसेपछि बुधबार रातिदेखि उक्त सडक पूर्णरुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 
रुरुक्षेत्र गाउँपालिका एक अन्र्तगत रिडी बजारदेखि नजिकै रहेको बिष्णुपञ्जरमा सडक माथिबाट ठूलो चट्टान सहितको पहिरो खसेको हो । पहिरो खसेको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक अनिल थापाको नेतृत्वमा सडक सञ्चालनका लागि बिहानैदेखि प्रहरी टोली घटना स्थलमा खटिरहेको छ । विडारी कन्ट्रक्सनद्वारा स्काभेटरको माध्यमवाट पहिरो पन्छाउने काम भइरहेको रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताए ।

रिडी‐रुद्रबेणी‐वामीटक्सार हुँदै बाग्लुङ्गको बुर्तिवाङसम्म पुग्ने उक्त सडक जिल्लामा सबैभन्दा बढी सवारी साधनहरु सञ्चालन हुने सडकमा पर्छ ।  सडक अवरुद्ध बनेपछि त्यस क्षेत्रबाट पाल्पा, बुटवललगायतका गन्तव्यमा पुग्ने यात्रु र सवारी साधन रोकिएका छन् । अबरुद्ध सडक चाँडो भन्दा चाँडो सञ्चालनका लागि काम भइरहेको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए । 
 

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update