Shittalpati
पाल्पामा जनसरोकारका विषयमा छलफल गर्दै माओवादी 

पाल्पा, नेकपा माओवादी पाल्पाले जनसरोकारको विषयमा छलफल अगाडि बढाएको छ ।   उसले जिल्लाको शान्ति, सुरक्षा र सुशासनका सम्बन्धमा  पाल्पाका प्रमुख जिल्ला अधिकारीसँग छलफल अगाडि बढाएको हो । 

लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री तथा नेकपा माओवादी पाल्पाका ईञ्चार्ज कृष्णध्वज खड्काको नेतृत्वमा केन्द्रीय सदस्य दिपेन्द्र पुन, जिल्ला संयोजक राजेन्द्र विश्वकर्मा, सचिव मधुरा ढकाल र तानसेन नगरपालिका उप–प्रमुख प्रतीक्षा सिजाली मगर लगायतको टोलीले जिल्ला प्रशासन कार्यालय पाल्पाको सेवालाई जनमुखी बनाउन सुझाव दिएको जिल्ला सचिव मधुरा ढकालले बताए । उनीहरुले जिल्लाको शान्ति सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने, नागरिकता तथा राहदानी बनाउने युवाहरुको कामलाई थप व्यवस्थित गर्नुपर्ने सुझाव दिए । प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जिल्लामा नागरिकलाई नागरिकता तथा पासपोर्ट प्राप्त गर्न हाल निकै सहज व्यवस्था गरिएको बताए । 
अखिलको विस्तारित बैंठक 

‘जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान’ अन्तर्गत अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी, त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाको इकाई समितिको विस्तारित  बैठक भएको छ । प्रमुख अतिथि पाल्पा इन्चार्ज क. कृष्णध्वज खड्का तथा जिल्ला संयोजक क. राजेन्द्र विक, सचिव मथुरा ढकाल, बिद्यार्थी केन्द्रीय सदस्य पदम सोमईको आतिथ्यतामा भएको बैठकले मिलनराज घर्ती मगरको अध्यक्षता मूल इकाई समिति पुनर्गठन गरेको छ । कार्यक्रमको अध्यक्षता भिम लुङ्गेली र सञ्चालन राजन क्षेत्रीले गरेका थिए । यसैबीच अनेमस (क्रान्तिकारी) रामपुर नगर समितिको आयोजनामा प्रथम बैठक तथा प्रशिक्षण कार्यक्रम  भएको छ । माओवादी नेता यज्ञ पोखरेलको प्रमुख आतिथ्यता, कमल भट्टराई यम सुनार, गीता विकको आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन लक्ष्मी ढकालले गरेकी थिइन् ।  पाल्पाका दशै स्थानीय तहमा माओवादीले विशेष कार्यक्रम सञ्चालन गरेको छ । माओवादीलाई कार्यकर्ता प्रशिक्षण, पार्टीका वडा स्तरमा कमिटि गठन, महिला, दलित तथा विद्यार्थी कमिटि निर्माणदेखि जनश्रमदानमा उत्साहजनक सहभागिता जनाएको छ । 


 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update