Shittalpati
गाडीसँग ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु

पाल्पा, काठमाडौँमा गाडी र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक २७ वर्षीय दावा दोर्जे शेर्पाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३ बसुन्धानरास्थित सडकमा आइतबार राति बागमती प्रदेश ०१–०२७ च ६७४७ नम्बरको बोलेरो र प्रदेश ३–०२–००६ प ६४०५ नम्बरको मोटरसाइकललाई एकआपसमा ठक्कर खाँदा संघुवासभा मकालु गाउँपालिका–१ का  शेर्पाको सोमबार विहान मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते शेर्पाको उपचारका क्रममा ग्रिनसिटी अस्पताल बसुन्धरामा मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकलको पछाडी सवार एक जना घाइते भएका छन् । उनको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update