Shittalpati
जोर्ते दुर्घटनाका घाइतेहरुको अवस्था बुझ्दै काँग्रेस नेता भट्टराई

पाल्पा, नेपाली काँग्रेसका युवा नेता तथा गुल्मीका सचिव जगदीश भट्टराई आज विहान जोर्तेमा भएको स्कार्पियो दुर्घटनाका घाइतेहरुको अवस्था बुझ्न अस्पताल पुगेका छन् । भट्टराईले पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा पुगेर उपचारत घाइतेहरुको अवस्था बारे जानकारी लिएका हुन् ।

अस्पतालमा घाइतेहरुलाई भेटेर उनले शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै पनि कमी हुन नदिन अस्पताललाई आग्रह समेत गरेका छन् । भट्टराईले उपचाररत घाइतेहरुको सहयोगका लागि स्थानीय, प्रदेश र संघीय सरकारलाई आग्रह गर्ने र समन्वयकारी भूमिका खेल्ने बताए । 

बुधबार विहान रिब्दीकोट गाउँपालिका –२ जोर्तेमा ढुंगासहितको सुख्खा पहिरोले स्कार्पियो च्यापिदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । तानसेन–तम्घास सहायक राजमार्गको पाल्पाको जोर्तेमा ढुङ्गासहित खसेको पहिरोले रुरु रेसुङ्गा यातायात प्रा.लि.को  लु १ ज ४६०० नम्वरको स्कार्पियो गाडी च्यापिएको थियो । घाइतेहरुको अवस्था सामान्य रहेको नेता भट्टराईले बताए । 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update