Shittalpati
जोर्तेमा पहिरोले स्कार्पियो च्याप्यो : तीन जना पुरिएको आशंका 

तानसेन, गुल्मी देखि पाल्पा तर्फ आउँदै गरेको लु१ज ४६०० नम्वरको स्कार्पियो जीप जोर्तेको उकालोमा पहिरोमा परी च्यापिएका कारण पाँच जना घाईते भएका छन् । भने केही अझै पनि च्यापिएको अवस्थामा रहेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

ACCIDENT 1693364733.jpg

गुल्मी देखि वुटवल तर्फ जादै गरेको सो स्कार्पियो जीप बुधवार बिहान जार्तेको उकालोमा माथिबाट खसेको पहिरोमा च्यापिएका कारण सवार तीन जनालाई अझै सम्म पनि बहिर निकाल्न नसकिएको र निकाल्ने प्रयास जारी रहेको प्रत्यक्षदर्शी सत्यवती १ अस्लेवा निवासी सन्तोष गौतमले शित्तलपाटीलाई जानकारी गराए । घटनाका बिषयमा जानकारी पाए लगत्तै अर्गली, हार्थोक र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरीको टोली, एम्वुलेन्स घटनास्थल तर्फ गएको प्रहरीले जनाएको छ ।  

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update