Shittalpati
लुम्बिनीमा भदौ १४ मा गाईजात्रा नमनाइने

बुटवल, लुम्बिनी प्रदेशका नेवार समुदायले भदौ १४ गते परेको यस वर्षको गाईजात्रा पर्व नमाउने भएका छन् । नेवाः देय् दबू लुम्बिनी प्रदेश समितिले बुटवलमा पत्रकार सम्मेलन गरी पञ्चाङ्ग निर्णायक समितिले जारी गरेको पात्रो अनुसार भदौ १४ गते  गाईजात्रा पर्व नमनाउने बताएको हो ।
    चन्द्रमाका आधारमा आफ्नै पात्रो र तिथी रहने भएकाले नेवाः पात्रो अनुसार निर्धारण गरिएको पर्व नै वैज्ञानिक रहेको भन्दै उनीहरुले भदौ १५ मै मनाउने बताएका छन् । पछिल्लो केही वर्षदेखि नेवार समुदायको पर्वहरुलाई विवादास्पद बनाउने कार्यहरु भइरहेको भन्दै उनीहरुले नेवाःपात्रो अनुसार  बनाउने स्पष्ट पारेका छन् । प्रदेश समितिले सबै नेवार समुदायलाई भदौ १५ गते गाईजात्रा पर्व मनाउन आग्रह समेत गरेको छ । पञ्चाङ्ग पात्रोमा जनै पुर्णिमा र गाईजात्रा एकैदिन परेको छ तर नेवार समुदायले  परम्परादेखि जनै पूर्णिमाको भोलिपल्ट मात्र गाईजात्रा मनाउने गरेका छन् ।

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  १८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update