Shittalpati
बगनासकाली बिवाद कायमै : पीडित बोटे बसे धर्नामा

पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिकाले गिट्टी, बालुवा निकासीका लागि काटेको रोयल्टी बापतको बिल प्रमाणिकरण गर्न नमाने पछि वडा ६ का स्थानीय बोटे युवाहरुले शुक्रारदेखि पालिकाको राजस्व शाखामा धर्ना दिएका छन् । ३५ वर्षीय दलबहादुर, २७ वर्षीय प्रकाश बोटेसहित वडाअध्यक्ष लक्ष्मी अधिकारीका ६८ बर्षीया बुवा लेखनाथ अधिकारी आफुहरुले रोयल्टी बापत काटेको रसिद सक्कल भए, नभएको प्रमाणित प्रमाण दिन माग गर्दै धर्ना बसेका हुन् ।  

उनीहरुले उक्त माग राख्दै पालिकामा निवेदन दिए पनि पालिकाले दिन आनाकानी गरे पछि हिजो १० बजेदेखि धर्नामा बसेका छन् । दिन भर स्थानीय राजनीतिकदलहका प्रतिनिधी, सञ्चाकर्मी र जनप्रतिनिधी समेतले पालिकाका प्रमुख प्रशासकिय अधिकृतलाई यसको प्रमाणीकरण गरी दिन आग्रह गर्दा समेत पालिकाका माथिल्ला पदाधिकारीहरुले रोकेका कारण आईतवार मात्रै दिन मिल्ने त्यो भन्दा पहिला दिन नसकिने जवाफ दिएका थिए । पीडित बोटेहरुको निवेदनलाई आईतबार कार्यालय खुलेपछि मात्र आफुहरुले रुजु गरेर हेर्ने, अनि मात्र प्रमाणीकरण गरिने भन्दा पनि उहाँहरुले नमानेको पालिका अध्यक्ष सरस्वती चिदीले शित्तलपाटीसँगको कुराकानीमा  भनेकी छन् ।

कानूनी प्रावधान अनुसार सेवाग्राहीले कुनै पनि जानकारी र शिफारिस मागेको खण्डमा जति सक्दो छिटो दिनुपर्ने प्रावधानलाई समेत पालिकाले बेवास्ता गरेर अनावश्यक रुपमा वडाअध्यक्षसँग राजनीतिक पुर्वाग्रह राखेको नेपाली काँग्रेस पाल्पाका कार्यवाहक सभापति झपेन्द्र गहिरेले बताए । गहिरेले भने ‘अनावश्यक रुपमा विवाद वढाउँनु भन्दा सेवाग्राहीका रुपमा कार्यालयलाई निवेदन दिएका व्यक्तिहरु प्रति न्याय दिनुपर्नेमा सो नभएको उनको आरोप छ । निवेदनका आधारमा प्रमाणीकरण गर्न समस्या छैन्,तर अध्यक्ष र उपाध्यक्षले आफुहरुले पनि हेरे पछि मात्र शिफारिस दिनु भन्ने आसय व्यक्त गरेका कारण पीडितहरुलाई आईतबार बोलाइएको उनले जानकारी दिए । पिडित पक्षले भने आफुहरुलाई अपराधी करार गर्न सिंगो कार्यपालिका लागि रहेका कारण रातारात प्रमाण गायव गर्ने मनसायका साथ प्रमाणीकरण नगरेको आरोप लगाउँदै आएका छन् ।  

वडाका वडाअध्यक्ष लक्ष्मी अधिकारीले डम्पिंग गरेको भन्दै कार्यपालिकाले एक महिना पहिला वडाअध्यक्ष अधिकारीलाई जरिमाना गर्ने निणर्य गरेको थियो । तर डम्पिंग गरिएको बालुवा वडाअध्यक्षको नभएको भन्दै वडाका स्थानीय बोटे युवाहरुले आफुहरुले रोयल्टी तिरेर ल्याएको बिल समेत देखाउँदै आएका छन् । उनीहरुले गिट्टी, बालुवा आफुहरु रहेको दावी गर्दै पालिकामा निवेदन दिएका थिए ।

पालिकाले सो गिट्टी, बालुवा वडाअध्यक्ष कै भएको भन्दै राजनीतिक पुर्वाग्रहका आधारमा आफुलाई फसाउँन खोजको वडाअध्यक्ष लक्ष्मी अधिकारीले  बताउँदै आएका छन् । यो विषयलाई लिएर शुक्रबार सम्म दुवै पक्षबाट  पटक–पटक  पत्रकार सम्मेलनर गरेर एकले अर्काको दोषारोपण गर्ने होडवाजीले अहिले ठूलो विवाद सिर्जना गरेको छ । नदीजन्य पदार्थको डम्पिंग र बालुवा र गिट्टीको विषयलाई अख्तियारले समेत चासो देखाएको छ ।  घटनाले दिन प्रति दिन राजनीतिक लडाईको रुप लिएको छ ।  वडा ६ को नदीजन्य सामाग्रीको अपचलन भएको भन्ने पालिकाले आफुहरु प्रति अन्याय गरेको भन्दै वडा ६ का स्थानीय बोटे ,वडा ६ का वडाअध्यक्ष लक्ष्मी अधिकारी र स्थानीहरु आन्दोलन र धर्नामा बस्दै आएका छन् ।
 नदीजन्य पदार्थ अपचलन गरी डम्पिंग गरी राखिएको आरोप लगाएर गाउँ कार्यपालिकाले गत एक महिना पहिला वडाअध्यक्षलाई २ लाख दश हजार जरिवाना गर्ने निणर्य गरे पछि विवाद चुलिदै गएको हो ।
 

वडाअध्यक्ष अधिकारीले डम्पिंग गरी राखेको भनिएको गिट्टी, बालुवा बोटेहरुले रोयल्टीबापत पैसा तिरेका रसिद समेत जुटाएर त्यो बालुवा आफुहरुको भएको दावा गर्दै आएपछि घटनाले ठूलो रुप लिएको हो । स्थानीय बाटेहरुले काटेको रोयल्टी वापतको रसिदको अर्थकट्टी प्रमाणिकरण गर्न माग गरे पछि पालिकाले सो गर्न आनाकानी गरे पछि, पिडित बोटेहरु धर्नामा बस्न बाध्य भएका हुन् । यो घटनाले गाउँपालिका र वडाअध्यक्ष बीचको असमझदारी दिन प्रति बढी रहेको छ । कार्यपालिका वडा अध्यक्ष लक्ष्मी अधिकारीलाई कारवाही गर्ने अडानमा देखिन्छ भने वडाअध्यक्ष अधिकारी आफु निर्दोष रहेकाले पालिकाले नै न्याय दिनुपर्ने दावी गर्दै आएका छन् ।

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  ०९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update