Shittalpati
साहित्यकार शर्माको सगरमाथा एक पहाडको नाम होइन कृति विमोचन

पाल्पा, वरिष्ठ साहित्कार चोलेश्वर शर्माको सगरमाथा एक पहाडको नाम होइन नामक हाँस्यव्यङ्ग्य निबन्ध सङग्रह लोकापर्ण भएको छ । बरिष्ठ साहित्यकार एवं समाचोचक डा. प्रा.गोविन्दराज भट्टराइले निबन्ध सङग्रह विमोचन गरे । लामो समय समय प्राध्यापक पेशामा रहेका साहित्यकार शर्माले लामो समय पछि सगरमाथा एक पहाडको नाम होइन नामक हाँस्यव्यङ्ग्य निबन्ध सङग्रह बजारमा ल्याएका हुन् । 

साहित्यकार शर्माले नेपाली समाजको विभिन्न विषयवस्तुमा देखिएको विकृतिलाई हाँस्यव्यङ्ग्य निबन्धको रुपमा प्रस्तुत गरेका छन् । साहित्यकार शर्माले आफैले आफैले हाँस्यव्यङ्ग्यको पात्र बनाई निबन्धलाई तथ्य विषयबस्तु परक बनाएका छन् । नेपालको राजनीति, प्रशासनिक, शिक्षा, स्वास्थ्य, साहित्य, रहन सहन भेषभुषा धर्म संस्कृति लगायतका विषयमा केन्द्रित रहेर नेपाली समाजको अवस्था लाई चित्रण गरे हाँस्यव्यङ्ग्य निबन्ध रचना गरेका हुन् । अमेरिकी भूगर्वविद जर्ज वालेस्टाइनले संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथा नभएर पाकिस्तानको माउण्ट के टु लाई घोषणा गरी संसारभर गलत सूचना प्रवाह गरेपछि साहित्यकार शर्मा सहित सिंगो नेपाली, सगरमाथा आरोह गर्ने व्यत्ति, सरमाथा आरोहणको क्रममा ज्यान गुमाएका, घाईते भएका, संसारभरका पर्यटकहरुको मन मष्तिस्कमा परेको पिर मर्का चोटका विषयमा केन्द्रित गरेर कृतिको नामाकरण नै सगरमाथा एक पहाडको नाम होइन भनी गरिएको छ ।

कृतिमा साहित्यकार शर्माका विभिन्न विषयवस्तु समेटेर २१ वटा निवन्धहरु रहेका छन् । २१ वटा निवन्धमध्ये २० वटा निबन्ध २०४१ सालदेखि २०५४ सालसम्म विभिन्न पत्रपत्रिकामा प्रकाशित भइसकेका छन् । शर्माले सोही अवधीमा निबन्धहरुको संग्रह प्रकाशित गर्न कुनै प्रकाशनगृहलाई पाण्डुलिपी दिएपनि प्रकाशनगृहबाट लामो समय सम्म प्रकाशित नभएपछि पाण्डुलिपी फिर्ता लिई आर्किड बुक्सबाट प्रकाशन गरेका हुन् । निबन्ध संग्रहको लोकापर्ण गर्दै बरिष्ट समाचोचक डा.प्रा. भट्टराईले साहित्यकार शर्माको कृती नेपालकै साहित्यमा नमुना कृति रहेको बताए । कृतिमा २०४१ देखि २०५४ सम्मका सामाजिक परिवेशको विकृतीहरुको  हाँस्यव्यङ्ग्य निबन्ध रहेको भएपनी अवको तेस्रो कृतिको रुपमा २०५५ देखि २०८० सम्मको नेपाली समाजको विकृतीको हाँस्यव्यङ्ग्य निबन्ध प्रकाशित गर्नुपर्नेमा साहित्यकार शर्मालाई हौसल्ला दिए ।

बरिष्ट साहित्यकार दिन पन्थी, वनमाली निराकारले टिप्पणी गर्दै विविध कारण कृति प्रकाशनमा ढिलो भएपनी अकवरी सुनको रुपमा आएको टिप्पणी गरे । कार्यक्रममा कृतिकार शर्माले त्रिभुवन विश्वविधालयमा रहदा समाजमा देखिएका विकृतीहरुको संग्रहको रुपमा निबन्ध प्रकाशित गरेको बताए । साहित्यकार शर्माले धवलपुस्तकालयमा स्वर्गीय धर्मपत्नीको नाममा ५० हजार रुपैयाको अक्षयकोषको घोषणा गरे । 

 कार्यक्रममा संविधानसभा सदस्य नारायणी शर्मा, जिल्ला समन्वय समितीका प्रमुख टंकनाथ खनाल, तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका प्रमुख टंकप्रसाद भट्टराई, तरंग साहित्य संगमका अध्यक्ष राधाकृष्ण शर्मा, पत्रकार महासंघका पुर्व अध्यक्ष गोविन्द भट्टराई, साहित्यकार विजय सागर लगायतले साहित्यकार शर्माको कृतिको बारेमा चर्चा गरे । पुस्तकालयका सचिव टंक पन्तले कृतिकार शर्माको निबन्ध तथा व्यक्तित्वको बारेमा चर्चा गरेका थिए । धवल पुस्तकालयका अध्यक्ष युवराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष सन्तोष खनालको स्वागत र महासचिव राजेशकुमार अर्यालको सञ्चालनमा भएको थियो । 
 

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update