Shittalpati
एकल लोकगीत प्रतियोगिता : पाल्पा अडिसनबाट करिश्मा र सन्तोष छनोट

पाल्पा, पाल्पामा सञ्चालित एकल लोकगीत प्रतियोगिताको फाइनल अडिसनबाट दुुई जना प्रतियोगी छनोट भएका छन् । लुुम्बिनी प्रदेशस्तरी एकल लोकगीत प्रतियोगिताको फाइनल अडिसनबाट करिश्मा मगर र सन्तोष पृथी छनोट भएका हुन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पाल्पाले  प्रदेशमा हुने प्रतियोगीताका लागि सञ्चालन गरेको अडिसनमा भाग लिएका १७ जना प्रतियोगीहरुबाट मगर र पृथी छनोट भएको प्रतिष्ठानका जिल्ला अध्यक्ष कमल भट्टराईले जानकारी दिए । खुला डिजिटल अडिसनको पहिलो चरणबाट १० प्रतियोगी छनोट भएका थिए । ति मध्ये दुुई जनालाई प्रदेश प्रतियोगिताका लागि छनोट गरिएको अध्यक्ष भट्टराईले बताए । असार ७ गते प्रदेशस्तरीय प्रतियोगिता हुँदै छ । जिल्लाबाट छनोट भएका दुई जना प्रतियोगीहरुले प्रदेशस्तरी प्रतियोगितामा भाग लिने प्रतिष्ठान लुम्बिनी प्रदेशकी सचिव रेखा विष्टले बताईन् । लोक सस्कृतिको जर्गेना गर्ने उद्देश्यले प्रतिष्ठान लुम्बिनी प्रदेशको आयोजना र सम्पूर्ण जिल्ला शाखाहरुको सह–आयोजनामा प्रतियोगीता हुन लागेको सचिव विष्टले बताईन् । उनका अनुसार प्रतियोगितामा प्रथम हुनेले नगद ५१ हजार १ सय ११, दोस्रो हुनेले ३१ हजार १ सय ११ र तेस्रो हुने २१ हजार १ सय ११ सहित मेडल र प्रमाण  पत्र पाउने छन् ।

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update