Shittalpati
तानसेनमा भोलि एकल लोकगीत प्रतियोगिताको फाइनल अडिसन हुँदै

पाल्पा, एकल लोकगीत प्रतियोगिताको फाइनल अडिसन भोली तानसेनमा हुँदै छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पाल्पाले लुुम्बिनी प्रदेशस्तरी एकल लोकगीत प्रतियोगिताको फाइनल अडिसन  शनिबार गर्न लागेको हो ।

खुला डिजिटल अडिसनको पहिलो चरणमा छनोट भएका १० जना प्रतियोगीहरुबिच प्रतिस्पर्धा गराउन लागिएको प्रतिष्ठान पाल्पाका अध्यक्ष कमल भट्टराईले बताए ।  उनका अनुसार दोस्रो चरणको अडिसनमा करिश्मा मगर, अमृत राना मगर, संगीता भुसाल, आशा सिंजाली, रुपा नेपाली, तुल्सा गाहा, सन्तोष पृथी, गुप्त गैरे, अपेक्षा तिमिल्सिना र पुजा दर्लामीबिच प्रतिस्पर्धा हुुँदै छ । दोस्रो अडिसनबाट छनोट हुुने दुई जना प्रतियोगीहरुलाई प्रदेशस्तरीय प्रतियोगीतामा पठाइने प्रतिष्ठानका अध्यक्ष भट्टराईले बताए ।

 असार ७ गते प्रदेशस्तरीय प्रतियोगिता हुँदै छ । जिल्लाबाट छनोट भएका दुई जना प्रतियोगीहरुले प्रदेशस्तरी प्रतियोगितामा भाग लिने प्रतिष्ठान लुम्बिनी प्रदेशकी सचिव रेखा विष्टले बताईन् । लोक सस्कृतिको जर्गेना गर्ने उद्देश्यले प्रतिष्ठान लुम्बिनी प्रदेशको आयोजना र सम्पूर्ण जिल्ला शाखाहरुको सह–आयोजनामा प्रतियोगीता हुन लागेको सचिव विष्टले बताईन् । उनका अनुसार प्रतियोगितामा प्रथम हुनेले नगद ५१ हजार १ सय ११, दोस्रो हुनेले ३१ हजार १ सय ११ र तेस्रो हुने २१ हजार १ सय ११ सहित मेडल र प्रमाण  पत्र पाउने छन् । 

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १४:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update