Shittalpati
बजेटमा नागरिकका माग समेट्न भन्दै  तानसेन नगर सरकारलाई एमालेको ध्यानाकर्षण 

कृष्ण पोखरेल
पाल्पा, नेकपा एमाले तानसेन नगर कमिटीले आगामी वर्षको बजेटमा नागरिकका विभिन्न मागहरु सम्बोधन गर्न भन्दै  तानसेन नगर सरकारलाई  ध्यानाकर्षण गराएको छ । एमाले तानसेन नगर कमिटीका अध्यक्ष गुराश आत्रेयले विभिन्न विषयबस्तुका १८ बुदाँमा नगर प्रमुख सन्तोषलाल श्रेष्ठ र उप प्रमुख प्रतिक्षा गाहा सिंजालीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । 
 कमिटीले नगर प्रमुख श्रेष्ठलाई वडा कार्यालयहरुलाई दिएको बजेट सिलिङ गत बर्षको भन्दा बढाउनु पर्ने, एक वडा एक किलोमिटर मोटरबाटो कालोपत्रे गर्ने कार्यक्रमलाई निरन्तरता दिनुपर्ने, नगरपालिकाभित्र रहेका मोटरबाटोमा ग्राभेल गरी बाहै्र महिना गाडी चल्ने व्यवस्था गर्नुपर्ने, कृषि र पशुपालनलाई उत्पादनमुखी र व्यवसायिक बनाउनु पर्ने, बन्यजन्तु व्यवस्थापनको ठोस योजना  ल्याउनु पर्ने र नगर भित्रका कृषि उत्पादनमा आधारित अनुदानको व्यबस्था गर्नुपर्ने माग गरेको छ । 

यसै गरी एमालेले कृषि, भेटेनरी सेवा गाउँ –गाउँ, टोल–टोलमा पु¥याउनु पर्ने,  पयर्टन क्षेत्रको विकासका लागि पुर्वाधार विकास, तानसेन सौन्र्दयकरण र व्यवस्थापनको व्यवस्थित योजना र बजेट विनियोजनसहित श्रीनगर, दरबार परिसर, प्रभाष क्षेत्र, रुरुक्षेत्र, रानीमहल, गुफाचौर, माण्डव्य सरोबर क्षेत्र, कुहिरेभिर लगायतको सौन्र्दयकरणको लागि विशेष बजेट विनियोजन गर्न माग गरेको छ । नारायणस्थान, भगवतीस्थान सहितका मन्दिरमा नियमित दिनभर दर्शन र पूजा गर्ने वातावरण बनाउनुपर्ने । तानसेन प्रवेश गर्दा फोहोरपानी र दुर्गन्धसहितको अवस्थालाई सुधार गरीे बनदेवीको अव्यवस्थ्ति फोहोर र होलाङ्गदी ढल व्यवस्थापन सहित तानसेनको फोहोर व्यवस्थापन गर्नुपर्ने , सबै स्वास्थ्य चौकीहरुमा  औषधीको पर्याप्त व्यवस्था गर्नुुपर्ने, निजी तथा  सामुदायिक विद्यालयको शिक्षा सुधार कार्यक्रम,  विद्यालय अनुगमन र नियमनको  गरी गुणस्तरीय शिक्षाका लागि बजेट विनियोजन गर्नुपर्ने, तानसेनका सबै क्षेत्रको खानेपानी व्यवस्थापनसहित लिफ्ट खानेपानी योजनाको विद्युत महशुल निशुल्क गर्नुपर्ने, तानसेनमा नियमित विद्युत व्यवस्थापनमा पहल गर्दै, शहरीक्षेत्रको घरहरुमा इन्सुलेटरवाला कालो तारको व्यवस्था र काठको पोल विस्थापन गर्नुपर्ने तानसेन नगर कमिटीेले माग गरेको छ ।

यसै गरी  वडा कार्यालयमा योजना सम्झौता, भुक्तानीलगायतका सबै काम हुने बनाउने, तानसेनमा राष्ट्रियस्तरको प्रतियोगिता आयोजना र प्रत्येक वडाबाट प्रतिभावान खेलाडीको उत्पादनको लागि खेलकुद क्षेत्रमा पर्याप्त बजेट, वडा तथा केन्द्रहरुमा खुल्ला व्यायामशाला, कभर्डहल निर्माण लगायतका कार्यक्रम राख्नुपर्ने,  सुशासन प्रवद्र्धन गर्न बजेट पुस्तिका प्रकाशन, सार्वजनिक सुनुवाई, खर्चको पारदर्शीता अवलम्बन गरी जवाफदेही सरकारको व्यवस्था गर्ने, सबै प्रकारका चुहावट रोक्नु पर्ने, अनुत्पादक क्षेत्रका प्रशासनिक खर्च कटौती गर्नुपर्ने, समिति उपसमितिका नामका बैठक भत्ता, इन्धनलगायतका खर्चलाई कटौती गरी सुशासनयुक्त सरकार बनाउनुपर्ने, बजारक्षेत्रमा व्यवस्थित पार्किङ गर्ने स्थान बनाउनुपर्ने र प्रत्येक क्षेत्रमा उठाईने पार्किङ शुल्क हटाउनुपर्ने साथै ट्राफिक व्यवस्थापन गर्नुपर्ने, आन्तरिक राजश्व वृृद्धि गर्न राजश्वका दरलाई वृद्धि गर्न भन्दा राजश्वका क्षेत्रहरु विस्तार गरी आत्मनिर्भर बन्न पत्र्यत्न गर्नुपर्ने, तानसेनमा सुविधासम्पन्न बसपार्क, सभाहल निर्माणका लागि बजेट विनियोजन गर्नुपर्ने र  तानसेनको व्यापारिक गतिविधिले निराश रहेका व्यापारी र निमार्ण व्यवसायीहरुलाई हौसाला दिने कार्यक्रम ल्याउनुपर्ने माग एमालेले गरेको छ । नगर प्रमुख श्रेष्ठले नगरपालिकाले  एमाले नगर कमिटिले माग गरेजस्तै निति कार्यक्रममा आधारित रहेर बजेट ल्याउन लागेको बताए । बजेट भने जति नहुन सक्छ तर कार्यक्रमहरु सबैजसो सम्बोधन हुने नगर प्रमुख श्रेष्ठले बताए । 
                
 

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  २०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update