Shittalpati
पाल्पामा एकल लोकगीत प्रतियोगिताको पहिलो अडिसनबाट १० जना छनोट

पाल्पा, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पाल्पाले लुुम्बिनी प्रदेशस्तरी एकल लोकगीत प्रतियोगिताको लागि पाल्पाबाट प्रतियोगी छनोट कार्यलाई तिव्रता दिएको छ । प्रतिष्ठानले असार ७ गते हुने प्रदेशस्तरीय प्रतियोगिताका लागि जिल्लाबाट प्रतिस्पर्धामार्फत प्रतियोगीहरु छनोट गरिरहेको छ । 

उसले खुला डिजिटल अडिसनको पहिलो चरणको छनोट कार्य सकेको छ । पहिलो अडिसनमा जिल्लाका विभिन्न स्थानीय तहहरुबाट १७ जना प्रतियोगीहरुले भाग लिएका थिए । जसमा १० जना प्रतियोगीहरु दोस्रो चरणको अडिसनका लागि छनोट भएको प्रतिष्ठान पाल्पाका अध्यक्ष कमल भट्टराईले बताए । उनले तानसेनमा बसेको प्रतिष्ठानको निर्णायक मण्डलहरुको बैंकले १० जना प्रतियोगीहरुलाई दोस्रो अडिसनका लागि छनोट गरेको जानकारी दिए ।  दोस्रो अडिसनबाट छनोट हुुने दुई जना प्रतियोगीहरुलाई प्रदेशस्तरीय प्रतियोगीतामा पठाइने प्रतिष्ठानका उपाध्यक्ष तथा कार्यक्रमका संयोजक रुपेश कार्कीले बताए । उनले भने ‘हामी दोस्रो चरणको प्रतिस्पर्धाबाट छनोट हुने प्रतियोगीहरुलाई प्रदेशमा पठाउने छौं ।’ 

दोस्रो चरणको अडिसनमा करिश्मा मगर, अमृत राना मगर, संगीता भुसाल, आशा सिङ्जाली, रुपा नेपाली, तुल्सा गाहा, सन्तोष पृथी, गुप्त गैरे, अपेक्षा तिमिल्सिना र पुजा दर्लामी प्रवेश गरेका छन् । दोस्रो चरणको अडिसन जेठ २७ गते हुने प्रतिष्ठानले जनाएको छ । जिल्लाबाट छनोट भएका दुई जना प्रतियोगीहरुले प्रदेशस्तरी प्रतियोगितामा भाग लिने प्रतिष्ठान लुम्बिनी प्रदेशकी सचिव रेखा विष्टले बताईन् । लोक सस्कृतिको जर्गेना गर्ने उद्देश्यले प्रतिष्ठान लुम्बिनी प्रदेशको आयोजना र सम्पूर्ण जिल्ला शाखाहरुको सह–आयोजनामा प्रतियोगीता हुन लागेको सचिव विष्टले बताईन् । उनका अनुसार प्रतियोगितामा प्रथम हुनेले नगद ५१ हजार १ सय ११, दोस्रो हुनेले ३१ हजार १ सय ११ र तेस्रो हुने २१ हजार १ सय ११ सहित मेडल र प्रमाण  पत्र पाउने छन् । प्रतियोगीताले गाउँ–गाउँमा खुम्चिएर रहेका कला र गला भएका व्यक्तिहरुको क्षमतालाई बाहिर ल्याउन टेवा पुुर्‍याउनुुको साथै लोक संस्कृतिको जर्गेनामा ठूलो मद्दत पुर्‍याउनेमा प्रतिष्ठानका सल्लाहकार तथा तानसेन ६ का वडा अध्यक्ष सागरमान महर्जनले विश्वास व्यक्त गरे ।  


 

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update