Shittalpati
लुम्बिनी प्रदेशसभा बैठक जेठ २६ गते

पाल्पा, लुम्बिनी प्रदेशसभाको बैठक यही जेठ २६ गते बस्ने भएको छ । प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार बैठक शुक्रबार दिउँसो साढे ११ बजेदेखि सुरु हुनेछ । दोस्रो अधिवेशनको पाँचौँ बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी छ ।

 असार १ गते प्रदेश सरकारको बजेट सार्वजनिक गर्ने तयारीसँगै सरकारले ढिलो गरी नीति कार्यक्रम सार्वजनिक गर्न लागेको हो । सरकारको नीति कार्यक्रम रोजगारीलाई प्रथामिकतामा राखेर सार्वजनिक हुने भएको छ । पर्यटन र कृषिलाई पनि सरकारले प्राथमिकतामा राख्नेछ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएर पदवहाली गरेकै दिन मुख्यमन्त्री डिल्ली चौधरीले आफ्नो कार्यकालमा कम्तीमा २ लाख नागरिकलाई रोजगारी सिर्जना गर्ने निर्णय गरेका थिए । उनले त्यही निर्णयलाई कार्यान्वयन गर्ने गरी सरकारको आगामी वर्षको नीति कार्यक्रम र बजेट तयारी गरिरहेका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले नीति तथा कार्यक्रम तयार गरिरहेको छ । 

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update