Shittalpati
समाजवादी प्रेस संगठन पाल्पाको अध्यक्षमा गैरे

पाल्पा, समाजवादी प्रेस संगठन नेपाल पाल्पा शाखाको अध्यक्षमा पदम गैरे सर्वसम्मत चयन भएका छन् । संगठनको तानसेनमा भएको पहिलो अधिवेशनले गैरेलाई अध्यक्षमा चयन गरेको हो ।

जसको उपाध्यक्षमा रमा भण्डारी, विकास नापित, सचिवमा किरण रसाईली, कोषाध्यक्षमा सुजाता थापा र सह–सचिवमा रिमा सुन्धौली चयन भएका छन् । यसैगरी सदस्यहरुमा उज्जवल भट्टराई, यू.वि. भण्डारी र टारजन भण्डारी चयन भएका छन् । यस्तै अधिवेशनले अशोककुमार शाही, प्रेमसागर शाही र करुणा काफ्लेलाई सल्लाहाकारको रुपमा चयन गरेको छ ।

अधिवेशन समारोहमा नेकपा एकिकृत समाजवादीका जिल्ला इन्चार्ज एवं पूर्व सांसद यादवबहादुर रायमाझीले समाजमा हुुने अनियमिता, भ्रष्टचारका विरुद्धमा सशक्त भएर कलम चलाउन पत्रकारहरुलाई आग्रह गरे । उनले आफुहरु विद्रोहबाट जन्मिएको बताउँदै समाजवादी प्रेस संगठनमा आवद्ध पत्रकारहरुले गलत काम गर्नेका विरुद्ध निर्मम भएर कलम चलाउनुु पर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य एंव लुम्बिनी प्रदेशका सांसद भगवती घिमिरे, पूर्वमन्त्री रमा घर्ती, अर्का केन्द्रीय सदस्य एंव तानसेन नगरपालिकाका पूर्व नगरप्रमुख अशोक कुमार शाही,समाजवादी प्रेस संगठन लुम्बिनीका अध्यक्ष हृदय भुसाल, नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष गोविन्द्र भट्टराई, नेकपा माओवादी केन्द्र पाल्पा सचिव मथुरा ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाका अध्यक्ष डुलबहादुर कुँवर, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य विनोद परियार, नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ती तिमिल्सेना, प्रेस चौतारी पाल्पा सचिव नारायण न्यौपाने, राष्ट्रिय जनमोर्चाका पाल्पा अध्यक्ष विशाल दर्लामी, राष्ट्रिय स्वतन्त्र पार्टीका सुमन गैरे लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १३:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update