Shittalpati
‘कृष्ण’ उपन्यासका लेखक गैरे पुरस्कृत

पाल्पा, ‘कृष्ण’ उपन्यासका लेखक तथा त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा प्राध्यापनरत डा.शंकरप्रसाद गैरे रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कारबाट पुरस्कृत भएका छन् । रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कार गुठी बाग्लुङले एक भव्य समारोहकाबीच बागलुङमा रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कार २०७९ बाट लेखक गैरेलाई पुरस्कृत गरेको हो ।

बाग्लुङ निवासी प्रेम छोटाले आफ्नी ममतामयी माता रत्नकुमारी श्रेष्ठको स्मृतिमा २०३४ सालमा स्थापना गरेको रत्न श्रेष्ठ पुरस्कार काठमाडौं बाहिरको जेठो पुरस्कार हो । पुरस्कृत भएसँगै लेखक गैरेले पचास हजार राशिको उक्त पुरस्कारले आफुलाई साहित्यमा लाग्न प्रेरणा मिलेको बताएका छन् । उनले एनजेडीसँगको कुराकानीमा भनेका छन् ‘छोटो प्रयासमै कृति पुरस्कृत हुन सफल भएको छ, सयले मलाई आगामी दिनमा अझ नेपाली साहित्यमा लाग्न हौसला प्रदान गरेको छ ।’ लेखक गैरेले साहित्यक लेखनलाई निरन्तरता दिर्दै जाने बताए ।

२०७८ सालमा प्रकाशित कृष्ण उपन्यास ५ सय ६८ पृष्ठको छ । यस पुस्तकले उत्कृष्ट कृतिका रुपमा रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कार, धवल कृति पुरस्कार, सकला सिद्धार्थ बाङ्मय पुरस्कार तथा विष्णुदास यज्ञ साहित्य पुरस्कार गरी चार पुरस्कार प्राप्त गरेको छ । रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कार हालसम्म बाइसपटक प्रदान गरिएको छ । कहिले एक्लो कृतिलाई त कहिले कृतिहरुलाई संयुक्त रुपमा प्रदान गरिएको यस पुरस्कारबाट हालसम्म पचास जना स्रष्टाका कृतिहरू पुरस्कृत भएका छन् । सो अवसरमा विभिन्न विधामा अन्य चार पुरस्कार पाँच स्रष्टालाई प्रदान गरिएको छ । संस्थाका संरक्षक, संस्थापक प्रेम छोटाको अध्यक्षता र संस्थाका सदस्यसचिव महेशचन्द्र प्रधानको सञ्चालनमा पुरस्कार वितरण कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update