अर्थतन्त्र उकास्नतर्फ ध्यान देऊ
शुक्रबार, पुस ५, २०८१
नेप्से सामान्य अंकले गिरावट
शुक्रबार, पुस ५, २०८१
शेयर बजार बिहीबार पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से विहीबार ३१ दशमलव ४३ अड्ढले घटेर दुई हजार पाँच सय ९६ दशमलव ८२ विन्दुमा झरेको छ ।
पाँच वर्षदेखि थन्किएका बस सञ्चालनमा
शुक्रबार, पुस ५, २०८१
लुम्बिनी विकास कोषलाई दातृ निकायले अनुदान सहयोगस्वरूप उपलब्ध गराएका विद्युतीय सवारीसाधनको विहीबारदेखि परीक्षणका रूपमा सञ्चालन गरिएको छ । यसअघि कानुनी समस्याका कारण सञ्चालनमा आउन नसकेका सवारीसाधनमध्ये दुई वटा बस सञ्चालनमा ल्याइएको हो ।
पालिकामा चौकी स्थापना, स्तरोन्नतिदेखि दरबन्दीको व्यवस्था गर्न माग
शुक्रबार, पुस ५, २०८१
गृहमन्त्री रमेश लेखकसँग पाल्पाका पालिका प्रमुखहरुले छलफल गरेका छन् । रामपुर नगरपालिकाको आयोजनामा रामपुरमा जिल्लाका पालिकाका प्रमुखहरुले गृहमन्त्री लेखकसँग छलफल गरेका हुन् ।
पत्रकार महासंघ पाल्पाको निर्वाचित समितिको पदस्थापना
शुक्रबार, पुस ५, २०८१
पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ पाल्पा शाखाको अधिवेशनबाट निर्वाचित कार्य समितिको पदस्थापन विहीबार भएको छ । मंसिर २८ गते भएको अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापन एक कार्यक्रमबिच गरिएको हो ।
रवि लामिछानेलाई रहरले होइन अपराधको अनुसन्धान गर्न घुमाइएको हो : गृहमन्त्री लेखक
बिहीबार, पुस ४, २०८१
गृहमन्त्री रमेश लेखकले पूर्वगृहमन्त्री रवि लामिछानेलाई रहरले नभई अपराधको अनुसन्धान गर्न घुमाइएको बताएका छन् । बुधबार पाल्पाको रामपुरमा नवनिर्मित इलाका प्रशासन कार्यालय भवनको उद्घाटन गर्दै उनले लामिछानेलाई सरकारले ठाउँ– ठाउँमा घुमाएर दुख दिएको भन्ने कुराहरु आएकाले त्यो रहरले नभइ अनुसन्धानका लागि ठाउँ–ठाउँ घुमाइएको स्पष्ट पारेका हुन् ।
तानसेनमा लुम्बिनी स्कूल युनिफर्म हाउस सञ्चालनमा
बिहीबार, पुस ४, २०८१
तानसेनमा लुम्बिनी स्कूूल युनिफर्म हाउस सञ्चालनमा आएको छ । विद्यार्थीहरुको सेवालाई मध्यनजर गरी तानसेनको शितलपाटी नजिकै युनिफर्म हाउस सञ्चालनमा आएको हो ।
रविलाई रहरले होइन अपराधको अनुसन्धान गर्न घुमाइएको हो : गृहमन्त्री लेखक
बुधबार, पुस ३, २०८१
गृहमन्त्री रमेश लेखकले पूर्वगृहमन्त्री रवि लामिछानेलाई रहरले नभई अपराधको अनुसन्धान गर्न घुमाइएको बताएका छन् ।
छुट्टाछुट्टै सवारी दुर्घटना : १० जनाको मृत्यु, १५ घाइते
मंगलबार, पुस २, २०८१
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार दाङ, दैलेख, बर्दिया, काठमाडौं र झापामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको हो । दाङको घोराही उपमहानगरपालिका–१५ कपासीस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घोराहीबाट तुलसीपुरतर्फ...
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो
सोमबार, पुस १, २०८१
नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आइतबारको बैठकले सोमबारदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको तथा डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ घटाएको हो । इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गरिएको निगमले...


