सवारी दुर्घटनामा एकको मृत्यु
आइतबार, साउन ११, २०७७
घाँस काट्ने क्रममा लडेर एक युवतीको मृत्यु
आइतबार, साउन ११, २०७७
जयपृथ्वी नगरपालिका– १ भण्डाराकी २६ वर्षीया शर्मिला विष्टको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको छ ।
माटोको सुगन्ध खोज्ने रहर
आइतबार, साउन ११, २०७७
‘अरू कालो रेलको धुवाँले, म त कालो छातालाई ओढ्दै नओढ्नाले।।।’ यो गीतका सर्जक लालबहादुर खातीको मृत्युमा आएको खबरले दुर्गा रायमाझीलाई पिरोलिरह्यो । खबर थियो लालबहादुरको अन्तिम संस्कार गराउन पनि चन्दा उठाउनु पर्यो । ‘ढुङ्गे बगर माया ढुङ्गे बगर।।।’, ‘ए दिदी पोइ पर्यो काले।।।’, ‘बारीको डिलमा ओखरबोट।।।’ लगायत दर्जनौं लोकप्रिय लोकगीतका...
गुल्मीका किसान मकैको बीउ उत्पादनमा आकर्षित
आइतबार, साउन ११, २०७७
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत गुल्मी जिल्लामा मकै जोन परियोजना लागू भएसँगै कृषकहरुले जिल्लामा मकैको बीउ उत्पादन शुरु गरेका छन् । खाना र गाईवस्तुको दानाका लागि मात्रै मकै उत्पादन गर्दै आएका कृषकहरु मकै जोनले गरेको सहयोग र प्रविधिका कारण बीउ उत्पादनतर्फ आकर्षित भएका हुन् ।
बीपी : समाजवाद र अराजकतावाद
आइतबार, साउन ११, २०७७
कृष्णप्रसाद कोइरालाका तीनवटी पत्नीमध्ये कान्छी दिव्या कोइरालाको गर्भबाट शल्यक्रिया गरी वि.स. १९७१ भाद्र २४ गतेका दिन वाराणसीमा विश्वेश्वरप्रसाद कोइरालाको जन्म भएको हो । न्वारनको नाम चुडामणि भए तापनि भगवान् विश्वनाथको स्मृतिमा विश्वेश्वरप्रसाद राखियो भने बीपी कोइरालाको नामबाट उनी विश्वप्रशिद्ध भए ।
वर्षा र ग्रामीण सडक
आइतबार, साउन ११, २०७७
जेठदेखि सुरु भएको वर्षाका कारण पाल्पाका धेरै जसो ग्रामीण सडकहरु हिलाम्मे र अवरुद्ध छन् । हिलोका कारण मध्य असारपछि जिल्लाका अधिकांश ग्रामीण सडकमा सहज रुपमा सवारी सञ्चालन हुन सकेका छैनन् ।
गुल्मीमा ८८ प्रतिशत बजेट खर्च, २३ करोड ४३ लाख राजस्व संकलन
आइतबार, साउन ११, २०७७
गत आर्थिक वर्षमा जिल्लाको विकास निर्माणका लागि प्राप्त भएको बजेटमध्ये ८८ प्रतिशत बजेट खर्च भएको छ । आर्थिक वर्ष ०७६/०७७ मा विकास निर्माणका लागि प्राप्त कूल बजेट ९ अर्ब ५९ करोड ९४ लाख ६५ हजारमध्ये ८ अर्ब ४६ करोड २४ लाख ६७ हजार ९ सय अर्थात् ८८ दशमलव १५ प्रतिशत...
पाल्पामा थप चार जनामा कोरोना संक्रमण
शनिबार, साउन १०, २०७७
जिल्लामा शनिबार थप चार जनामा कोरोना संक्रमण देखिएको छ । विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा रम्भा गाउँपालिकाका चार जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
रोट्याक्ट क्लव अफ पाल्पामा नयाँ नेतृत्व, अध्यक्षमा भारती
शनिबार, साउन १०, २०७७
रोट्याक्ट क्लव अफ पाल्पा तानसेनमा नयाँ नेतृत्व आएको छ । सामाजिक अभियान्ता विनोद भारतीको अध्यक्षमा नयाँ नेतृत्व चयन भएको हो । शनिबार तानसेनमा एक कार्यक्रमका बिच भारतीको अध्यक्षतामा वर्ष २०२०/०२१ का लागि नयाँ नेतृत्व चयन भएको छ ।
प्रेस युनियन पाल्पाद्वारा पत्रकारलाई ज्याकेट
शनिबार, साउन १०, २०७७
नेपाल प्रेस युनियन पाल्पा शाखाले युनियनमा आवद्ध जिल्लाका क्रियाशील पत्रकारलाई प्रेस ज्याकेट वितरण गरेको छ । विश्वभर फैलिएको कोरोना महामारीको समयमा अग्रभागमा रहेर काम गर्ने पत्रकारहरुको पहिचान र स्वास्थ्य सुरक्षाका लागि युनियनले प्रेस ज्याकेट सहित स्वास्थ्य सामग्री वितरण गरेको हो ।
बैंक तथा वित्तीय संस्थाका सबै शाखा खुल्दै
शनिबार, साउन १०, २०७७
विश्वभर फैलिरहेको कोरोना महामारी नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण बन्द रहेका बैंक तथा वित्तीय संघ सस्थाका शाखाहरु अबदेखि नियमित खुल्ने भएका छन् । लकडाउनका कारण सञ्चालन हुन नसकेका केही बैंक तथा वित्तीय संस्थाका शाखाहरु खुल्ने भएका हुन् ।
दमकडा माविद्वारा टोल–टोलमा शिक्षण सिकाइ
शनिबार, साउन १०, २०७७
लामो समयको कोभिड–१९को महामारीका कारण प्रभावित विद्यार्थीहरुलाई मध्यनजर गर्दै तानसेन नगरपालिका–९ दमकडामा रहेको दमकडा माविले टोल–टोलमै पुगेर विद्यार्थीहरुलाई शिक्षण सिकाइ सञ्चालन गरेको छ । समय परिस्थती अनुसार सिकाइलाई आधुनिक र व्यवहारिक बनाउँदै लकडाउनबाट प्रभावित विद्यार्थीहरुको पठनपाठनलाई थप सिर्जनशिल, क्रियाशिल बनाउन विषय शिक्षकहरुको सक्रियतामा शिक्षण कार्यलाई अगाडि बढाएको हो ।


