Shittalpati
परम्परा धान्न मन्दिर परिसरमै भगवती जात्रा निकालिने
परम्परा धान्न मन्दिर परिसरमै भगवती जात्रा निकालिने कोभिड –१९का कारण जोखिम बढ्दै गएपछि यस वर्षको ऐतिहासिक भगवती जात्रा परम्परा धान्नकै लागि मात्र निकालिने भएको छ । नेपालको विरता, राष्ट्रियता र देशभक्तिसँग जोडिएको ऐतिहासिक भगवतीजात्रा विजयोत्सव मन्दिर परिसरमा मात्र निकालिने भएको हो ।
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै,  एकै दिन चार जनाको मृत्यु भएको पुष्टि
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै, एकै दिन चार जनाको मृत्यु भएको पुष्टि नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । एकै दिन कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ ।
तानसेनमा खानेपानी उपभोक्ता आन्दोलित, दोस्रो दिन पनि धर्नामा
तानसेनमा खानेपानी उपभोक्ता आन्दोलित, दोस्रो दिन पनि धर्नामा तानसेनमा खानेपानी उपभोक्ता आन्दोलित भएका छन् । १५ दिनदेखि घर–घरमा धारा नआएपछि उनीहरु आन्दोलित भएका हुन् । तानसेन नगरपालिका वडा ५ कैलाशनगरको बतासेडाँडा क्षेत्रका उपभोक्ताहरु घरमा दुई हप्ता भन्दा बढी हुँदा समेत धारामा पानी नआएपछि आइतबारदेखि शान्तिपूर्ण आन्दोलन स्वरुप धर्नामा बसेका छन् ।
कोभिडका कारण गौमुखी धारा र शिवलिङ्ग निर्माण कार्य अधुरो
कोभिडका कारण गौमुखी धारा र शिवलिङ्ग निर्माण कार्य अधुरो जिल्लाको पर्यटकीय गन्तव्य गौमुखी धारामा पूर्वाधारको काम अधूरै रहेको छ । रिब्दीकोट गाउँपालिका–५ जलेश्वरस्थित जलेश्वर मन्दिर क्षेत्रमा गाईमुखे धारो र शिवलिङ्ग जडान गरी पर्यटकीय गन्तव्य बनाउने योजना थियो ।
माथागढीमा बैंकिङ्ग प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता
माथागढीमा बैंकिङ्ग प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता जिल्लाको माथागढी गाउँपालिकाले बैंकि· प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । गाउँपालिकाले भत्ताको पारदर्शिता र दुरुपयोग हुनबाट जोगाउन बैंकिङ प्रणाली मार्फत भत्ता वितरण गर्दै आएको हो ।
मूल्य नियन्त्रण गर
मूल्य नियन्त्रण गर सरकारले मूल्य वृद्धि नियन्त्रण गर्न नसक्दा खाद्य वस्तुको भाउ उकालो लागेको छ । लकडाउन खुलेसँगै उपभोक्तालाई अत्याउने गरी तरकारी तथा खाद्य पदार्थको मूल्य बढेको छ ।
खानेपानी वितरण अनियमितताको विरोधमा कार्यालयमै धर्ना
खानेपानी वितरण अनियमितताको विरोधमा कार्यालयमै धर्ना दुई हप्तादेखि घर–घरमा धारा नआएपछि तानसेनका उपभोक्ताहरु आन्दोलनमा उत्रिएका छन् । तानसेन नगरपालिका वडा नंं ५ कैलाशनगरको बतासेडाँडा क्षेत्रका उपभोक्ताहरुका घरमा दुई हप्तासम्म धारामा पानी नआएपछि उपभोक्ता दिक्क भई शान्तिपूर्ण आन्दोलनमा उत्रिएका हुन् ।
झारफुक गर्ने बहानामा अमानविय व्यवहार गर्ने दुई जना पक्राउ
झारफुक गर्ने बहानामा अमानविय व्यवहार गर्ने दुई जना पक्राउ जिल्लामा झारफुक गर्ने बहानामा अमानविय व्यवहार गर्ने दुई जना पक्राउ परेका छन् । रामपुर नगरपालिका–८, सिद्धबाबास्थित कालीगण्डकी नदीको किनारमा रहेको पौवामा झारफुक गर्ने बहानामा अमानविय व्यवहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पाल्पामा थप एक जनामा कोरोना पुष्टि
पाल्पामा थप एक जनामा कोरोना पुष्टि जिल्लामा देखिएका सबै संक्रिमत डिस्चार्ज भएको केही दिनमै थप एक जनामा कोरोना पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको पिसिआर परीक्षणमा रम्भा गाउँपालिकाका एक जना पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । रम्भा गाउँपालिकाका ३८ जनाको पिसिआर परीक्षण गरिएकोमा एक जनामा कोरोना पुष्टि भएको हो ।
जिपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
जिपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भक्तपुर नगरपालिका च्यामासिंबाट जगातितर्फ आउँदै गरेको जिप र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । गए राति बा १९ च ३३८४ नंको जिप र बा ६६प २८१० नंको मोटरसाइकल ठोक्किँदा घाइते भएका कमलविनायकका २९ वर्षका सुमन कुटवाल श्रेष्ठको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी बृत्त...
गुल्मीमा चट्याङले लागेर एक पुरुषको मृत्यु
गुल्मीमा चट्याङले लागेर एक पुरुषको मृत्यु जिल्लामा चट्याङ लागेर एक जना पुरुषको ज्यान गएको छ । जिल्लाको मदाने गाउँपालिका वडा नं. १ अग्लुङ्गका ३९ वर्षका कमल भण्डारीको शनिबार राती चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Weather Update