नवजनचेतना राष्ट्रिय दैनिक २०७८ असार १४ गते सोमबार
सोमबार, असार १४, २०७८
पाल्पामा आइतबार ५६ संक्रमितले कोरोना जिते, १२ जनामा संक्रमण
आइतबार, असार १३, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ५६ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ५६ जना संक्रमितले कोरोना जितेका हुन् ।
तानसेनमा सडक कालोपत्रे गर्दा गाडीमा आगलागी : दुई व्यक्ति घाइते
आइतबार, असार १३, २०७८
तानसेनमा सडक कालोपत्रे गर्ने क्रममा गाडीमा आगलागी हुँदा दुई व्यक्ति घाइते भएका छन् । तानसेन नगरपालिका– ६ होलाङ्दी स्थित होलाङ्दी–ढुङ्गाखानी भित्री सडक खण्ड पिच गर्ने क्रममा लु २ क ४३६९ न.को डिष्ट्रिब्युटर सवारीमा आगलागी भएको हो ।
पत्रिका वर्गीकरण नीतिगत हुनुपर्नेमा पाल्पाका सम्पादकहरुको जोड
शनिबार, असार १२, २०७८
पत्रिका वर्गीकरण नीतिगत हुनुपर्नेमा पाल्पाका सम्पादकहरुले जोड दिएका छन् । शनिबार तानसेनमा प्रेस काउन्सिलका प्रतिनिधिसँगको छलफलमा जिल्लाका छापा मिडियामा आवद्ध सम्पादकहरूले पत्रिकाको वर्गीकरण नीतिगत रुपमा हुनुपर्नेमा जोड दिएका हुन् ।
गुल्मीमा माछा मार्ने क्रममा डुबेर युवाको मृत्यु
शनिबार, असार १२, २०७८
गुल्मीमा माछा मार्ने क्रममा एक जना युवाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका– ४ सिमाघाट खोलामा २१ वर्षका मदन घर्ती मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।
पाल्पामा शनिबार ९८ जना नयाँ संक्रमित थपिए
शनिबार, असार १२, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ९८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ९८ जनामा कोरोना संक्रमण देखिएको हो ।
‘शीत काव्य समाज नेपाल’ को राष्ट्रिय समिति गठन, अध्यक्षमा रेग्मी
शनिबार, असार १२, २०७८
नेपाली साहित्यको श्रीवृद्धिमा नविन योगदान गरौं भन्ने उद्देश्यका साथ ‘शीत काव्य समाज नेपाल’ को राष्ट्रिय समिति गठन भएको छ । सामाजिक सञ्जालको मुहार पुस्तिकामा रहेको शीत काव्य समाजको मेसन्जर समूहको भेला र अनलाईन छलफलबाट समाजको गठन भएको हो ।
गुल्मीका दलित अधिकारकर्मीले मागे शिक्षा मन्त्रीको राजीनामा
शनिबार, असार १२, २०७८
सरकारका मन्त्रीले नै शक्तिको दुरुपयोग गरि जातीय विभेदलाई प्रश्रय दिएको भन्दै गुल्मीका दलित अधिकारकर्मीहरुले राजीनामा माग गरेका छन् । काठमाडौं बवरमहल स्थित सरस्वती प्रधानको घरमा कोठा खोज्दा सञ्चारकर्मी रुपा सुनारमाथि जातकै आधारमा गरिएको जातीय छुवाछूत तथा भेदभावको घट्ना विरुद्ध प्रहरी कार्यालयमा न्यायका उजुरी गरिएको थियो ।


