Shittalpati
रामपुर दुर्घटना : मोटरसाईकलमा सवार ४ घाईते !
रामपुर दुर्घटना : मोटरसाईकलमा सवार ४ घाईते ! जिल्लाको रामपुर नगरपालिका ८ एक्लेटारमा भएको दुर्घटनामा मोटरसाईकलमा सवार चार जना घाइते भएका छन् । शुक्रबार विहान कालीगण्डकी करिडोर अन्तर्गतको सडकमा ग १९ प ४०८८ नम्बरको मोटरसाईकल र लु १ च ५७२५ नम्बरको स्कार्पियो एक आपसमा ठोक्किन गई मोटरसाईकलमा सवार ४ जना घाईते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गुल्मीमा गगन थापाको पहलमा पठाईएको स्वास्थ्य सामग्री सरकारी अस्पताललाई
गुल्मीमा गगन थापाको पहलमा पठाईएको स्वास्थ्य सामग्री सरकारी अस्पताललाई नेपाली काँग्रेस सांसद तथा पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाको पहलमा गुल्मी पठाइएको स्वास्थ्य सुरक्षा समाग्री गुल्मी अस्पताललाई दिइएको छ । सासद थापाको विशेष पहलमा नेपाल मेडिकल एसोसिएनले स्वास्थ्य सुरक्षा सामग्री पठाएको हो ।
एकीकृत ग्रामीण विकासले गर्‍यो स्वास्थ्य सुरक्षाका सामग्री सहयोग
एकीकृत ग्रामीण विकासले गर्‍यो स्वास्थ्य सुरक्षाका सामग्री सहयोग एकीकृत ग्रामिण विकास समाज गुल्मीले सुआहारा (दोस्रो) कार्यक्रमको सहयोगमा गुल्मी अस्पताल, स्वास्थ्य कार्यालयका कर्मचारी र जिल्लाका स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्था र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको लागि स्वास्थ्य सुरक्षाका सामग्रीहरु सहयोग गरेको छ ।
पाल्पा कोरोना अपडेट : शुक्रबार १५ कोरोना संक्रमित निको भए, ६६ जनामा संक्रमण
पाल्पा कोरोना अपडेट : शुक्रबार १५ कोरोना संक्रमित निको भए, ६६ जनामा संक्रमण जिल्लामा पछिल्ला २४ घण्टामा १५ जना कोरोना संक्रमित निको भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका १५ जना संक्रमितले कोरोना जितेका हुन् ।
राहतको व्यवस्था गर
राहतको व्यवस्था गर
गुल्मीको इस्मामा ३० वर्षीय पुरुष मृत फेला
गुल्मीको इस्मामा ३० वर्षीय पुरुष मृत फेला गुल्मीमा एक पुरुषको शव फेला परेको छ । इस्मा गाउँपालिका –५ मा ३० वर्षीय विदुरविक्रम कुँवर विहीबार बिहान मृतावस्थामा भेटिएका हुन् ।
पाल्पा कोरोना अपडेट : विहीबार १ सय ३२ कोरोना संक्रमित डिस्चार्ज, ५१ जनामा संक्रमण
पाल्पा कोरोना अपडेट : विहीबार १ सय ३२ कोरोना संक्रमित डिस्चार्ज, ५१ जनामा संक्रमण जिल्लामा पछिल्ला २४ घण्टामा १ सय ३२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका १ सय ३२जना संक्रमितले कोरोना जितेका हुन् ।
मिसन अस्पताललाई तानसेन नगर सरकारले दियो स्वास्थ्य सुरक्षा सामग्री
मिसन अस्पताललाई तानसेन नगर सरकारले दियो स्वास्थ्य सुरक्षा सामग्री तानसेन नगरपालिकाले युनाईटेड मिसन अस्पताल तानसेनलाई १६ लाख १४ हजार बराबरको कोरोना विरुद्धको स्वास्थ्य सामग्री हस्तानतरण गरेको छ । सि. आर एस. नेपाल ललितपुरको सहयोगमा तानसेन नगर सरकारलाई प्राप्त भएको स्वास्थ्य सामग्रीहरु अस्पताललाई हस्तान्तरण गरिएको हो ।
Weather Update