Shittalpati
राष्ट्रियतासँग गाँसिएको कालीगण्डकी नदी

प्रकाश नेपाल

कालीगण्डकी तिनाउ डाइभर्सन कार्यलयको जब बिष्णु पौडेलले बुटबलमा उद्घाटन गरे, तब दुई प्रदेश बिचको विवाद सडकमा पोखिने गरी बाहिर आयो । यसलाई राष्ट्रिय गौरवको आयोजना पनि भनिन लागेको छ । यस्ता राष्ट्रिय महत्व राख्ने योजना सरकारले ल्याउदा आम जनतामा यसले पर्ने सकारात्मक ,वा नकारात्मक दुवै प्रभावको विषयमा छलफल गरेर मात्र योजना ल्याउन पर्ने थियो, यो सरसर्ती हेर्दा भारतमा सन १९९६ सालमा पञ्जावबाट हरियाणा अलग भयो । अलग हुने विषय थियो पानी । हरियाणामा पानीको अभावलाई र्पूिर्त गर्नका लागि सतजल, यमुना लिंक नहर परियोजना । आजसम्म पनि विवादका कारण अलपत्र अवस्थामा छ । यसै गरी यो विषय भारतको सर्वोच्च अदालतमा यो मुद्धा विचाराधिन अवस्थामा छ, भने समय समयमा ठूलै आन्दोलन हुने गर्दछ ।

भोलि हाम्रो मु्लुकमा पनि भारतको हरियाणा र पञ्जावका जनताले भोगेको जस्तै नियती भोग्नु पर्ने अवस्था आउने कुरामा निश्चित नै छ । सरकार यतिखेर काम चलाउ भएको छ । काम चलाउ सरकारले यस्ता ठूला परियोजनासँग मत साट्ने र पानीसँग कम्पनी रुपैंया साट्न मिल्ने कि नमिल्ने विषय सहित जनसरोकारका विषयमा सम्मानित अदालतमा मुद्दा परिसके पछि । यस विषयमा प्रवेश नगर्दा नै हुन्छ । हिन्दुधर्मालम्बीहरुको आस्था र धर्मसँग मात्र नभई वातावरीणय, जैविक विविधतासँग काली गण्डकी नदी जोडिएको छ । काली गण्डकी नदी हिन्दु धर्मालम्बीसँग आफ्नो सभ्यता जोडिएकाले पनि काम चलाउ सरकारका मन्त्री एंव भारतिय एजेन्ट बिष्णु पौडेलको सदिक्षा पुरा नहुन सक्दछ ।

कार्यलय उद्घाटन पछि मात्र आमजनताले थाहा पाउने अवसर पाए । यस प्रकरणले लुम्बिनी र गण्डकी प्रदेश बिच विवाद मात्र नभई द्धन्दको विजारोपण समेत भएको छ । फेरी हुन पनि स्वाभाविक हो । यो परियोजना नेपालको लागि बनाइएको होइन । स्पष्ट रुपमा भारतका लागि बनाइएको हो । पहिलो संविधान सभाको निर्वाचनपछि बनेको सरकारमा बिष्णु पौडेल जल स्रोत मन्त्री थिए । त्यसै समयमा उनले भारतको निर्देशनमा यो प्रक्रियालाई अगाडि बढाएका हुन् । रुपन्देही ,कपिलबस्तु जिल्लामा सिँचाई गर्न , विद्युत निकाल्न भनिए पनि सिँचाईको सवालमा ९९ प्रतिशत भारतको उत्तर प्रदेशका लागि नै हो । यसका लागि विकल्प पनि छन् । त्यो भन्दा महत्वपूर्ण त रुपन्देहीमा अब सिँचाई गर्न ठाउँ भनेको विमानस्थल भन्दा दक्षिण पश्चिम मर्चवार क्षेत्रमा मात्र हो । अन्यत्र ठाउँ नै छैन भन्दा हुन्छ । कपिल वस्तुका लागि राप्ती नदी नै उपयुक्त हो । अझ यो भन्दा उपयुक्त गण्डक नहर नै हो । गण्डक नहर उच्च हँुदा हरेक वर्ष नेपाली भू–भाग डुवानमा पार्ने गर्दछ । त्यसलाई बाँधमा नै मिलाउने हो भने कपिलवस्तु जिल्लासम्म पुग्ने गर्दछ । गण्डक सम्झौंताको पुनरावलोकन गर्ने समयमा यो कुरा पनि उठेको थियो, तर नेपालतर्फबाट सहभागी जलस्रोत मन्त्री यादवप्रसाद पन्तलाई भारतको तत्कालिन साशकले आर्थिक प्रलोभनमा पारेका कारण हुन सकेन । बुुटवलवासीलाई तिनाउ नदी यतिखेर अभिसाप बनेको छ त्यसमा गण्डकी मिसाउँदा कस्तो हुन्छ ? एक पटक कल्पना गरौं त ।

विद्युतको सवालमा अर्घाखाँचीको नौमुरे अगाडि बढाए पुग्छ । २०४८ सालमा प्रथम निर्वाचित गिरिजा प्रसाद कोइराला नेतृत्वको सरकारले प्रस्तावित गरेको योजना हो । तर अहिलेसम्म भारतका कारणले यो योजना अगाडि बढाउन नसकेको हो । यस विषयमा भारतिय दलालहरुले आफ्ना राजनैतिक, आर्थिक माउसँग छलफल गरेर योजनालाई अगाडि बढाउन नसक्नु अत्यन्त दु.खद् कुरा हो । यस प्रकरणमा बिष्णु पौडेल जति नै बालकृष्ण खाँण पनि जिम्मेवार छन् । दुबैलाई निर्वाचनका समयमा नगददेखि सवारीका साधनसम्म उत्तर प्रदेश सरकारले सहयोग गर्दछ त्यसैले त्यो सहयोगको बदलामा उनीहरुले कालीगण्डकीको पानी दिने सहमति गरेका हुन ।

भारतको पाकिस्तान , भुटान बंगलादेश,चिनसँग पनि पानी कै विषयलाई लिएर समय–समयमा झगडा उत्पन्न हुने गर्दछ । यो पनि भारतको सदिक्षा अनुरुप अगाडि बढेको यथार्थ हो । यसका लागि कहाँसम्म भएको छ भने कालीगण्डकी करिडोर खण्डको पिपलडाँडा, गैंडाकोटसम्मको १ सय ३० किलो मिटर सडक भारत आफैले बनाउँदै छ । भारतले परियोजना सञ्चालन गर्दा आवश्यक पर्ने सामान ढुवानीका लागि सहज होस भने रै आफैले ट्याक खोल्ने तथा कालो पत्रेको काम दुर्तस्तरमा गरेको छ ।

चुनावमा आम जनताको मन जित्ने उद्देश्यले बुनिएको यो योजनाबाट दीर्घकालिन रुपमा नेपालको भन्दा भारतको हितमा हुने छ । कालीगण्डकी तिनाउ डाइभर्सन गर्दा त्यसको वातावरण मात्र नभई पछिल्लो समयमा नदीले तटिय क्षेत्रमा जनताले लिप्टिङ्ग गरी खानेपानी सिँचाईका लागि नदीको पानी उपयोग गरेका छन् । सरकारले आम जनतालाई अलमल बनाउन पानी जहाज सञ्चालनको नाटकै ग¥यो । तर यो सरकार र भारतीय एजेन्टका योजनालाई आम जनताले लथालिङ्ग भताभुङ्ग बनाउन जरुरी छ । कालीगण्डकी नदीसँग हाम्रो सभ्यता संस्कार तथा धर्म सबै जोडिएको छ । हाम्रा माननिय कमरेड दलबहादुर रानाले आफ्नो अभिव्यक्ति सच्याउन बाध्य हुन परेन । यसले रुपन्देही जिल्लाका देशभक्त स्वाभिमानी नेपालीले प्रतिकार गर्नेछन् । जनता परिवर्तनको सम्वाहक हुन यिनै जनताले ओलीलाई बहुमत दिएर सत्तामा पुर्‍याए । चप्पल लगाएर सुकुम्बासीको आवरणमा रुपन्देही प्रवेश गरेका बिष्णु पौडेललाई यो अवस्थामा पुुर्‍याएको हो तर तिनै जनताले ओलीलाई आफ्नो झिटी गुण्टा बोकेर बुढेशकालमा भारतमा निर्वासित र बिष्णु पौडेललाई खाली खुल्ला सडकमा खेदिनु पर्दाको समयमा प्रमुख प्रतिपक्ष दलका बालकृष्ण खाडलाई समेत सहज हुने छैन ।

राष्ट्रियतासंँग जोडिएको कालीगण्डकी तिनाउ डाइभर्सनले भोलिका दिनमा दलिय भन्दा क्षेत्रिय द्धन्द बढ्ने छ । त्यसको परिणाम संघीयता माथि प्रश्न उठ्न सक्दछ । तसर्थ भारतिय स्वार्थ भन्दा नेपालको स्वार्थ प्रति केन्द्रित हुनु अहिलेको आवश्यकता हो ।

(लेखक जिल्लाका क्रियाशील एवं समसामयिक विषयमा खरो रुपमा कलम चलाउने युवा पत्रकार समेत हुन् ।)

प्रकाशित मिति: बिहीबार, असार २४, २०७८  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update