तानसेनमा ट्याक्टर दुर्घटनामा एकको मृत्यु(अपडेट)
शनिबार, मंसिर १८, २०७८
तानसेनमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु
शनिबार, मंसिर १८, २०७८
जिल्लाको तानसेन नगरपालिका–९ दमकडामा ट्याक्टर दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । शनिबार बिहान दमकडास्थित देउरालीबाट दाउरा लोड गरी दमकडातर्फ गइरहेको लु ४ त ५४३८ नम्बरको ट्याक्टर अचानक ब्रेक फेल भई दुर्घटना हुँदा दमकडाका ४१ वर्षीय दिपक ढकालको मृत्यु भएको हो ।
एक घर, एक धारा नीति विफल, अझै पनि डोकोकै भरमा खानेपानी !
शनिबार, मंसिर १८, २०७८
पाल्पाको रैनादेवी छहरा गाउँपालिका–५ मुझुङ्गका टोड्केमा अझै खानेपानी बोकेर ल्याउनुपर्ने बाध्यता हटेको छैन । सरकारले ‘एक घर, एक धारा’ जडानको नीति लिए पनि आर्थिकरूपले विपन्न समुदाय सो पहुँचबाट बाहिरै रहनुपर्ने बाध्यता छ । सोही स्थानमा तीन घर रहे पनि अहिले एक घरमा मात्र बसोबास छ । पानीकै अभाव दुई घर...
तीन पालिकामा भैँसी जोन कार्यक्रम
शनिबार, मंसिर १८, २०७८
स्याङ्जाका तीन पालिकामा भैँसी व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास कार्यक्रम सञ्चालन भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ स्याङ्जाअन्तर्गत जिल्लाका वालिङ, गल्याङ र भिरकोट नगरपालिकामा भैँसी जोन कार्यक्रम सञ्चालन भएको हो ।
एमाले महाधिवेशनको सन्देश
शनिबार, मंसिर १८, २०७८
नेकपा एमालेले १०औं महाधिवेशन सकेको छ । तीन दिनसम्म सञ्चालन भएको महाधिवेशनको चर्चा जतातै छ । एमाले महाधिवेशनबाट एकताको सन्देश दिन खोजेको भए पनि त्यस्तो हुन सकेन ।
नेपालमा दुई सय ४६ कोरोना संक्रमित थपिए
शुक्रबार, मंसिर १७, २०७८
पछिल्लो २४ घण्टामा नेपालमा २ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपडेटमा देशभरका २ सय ४६ जनामा संक्रमण देखिएको हो ।
पुराना पुस्ताबाट पार्टी चल्दैन :नेता भण्डारी
शुक्रबार, मंसिर १७, २०७८
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीले पुराना पुस्ताबाट पार्टी नचल्ने बताएका छन् । रूपन्देहीको भैरहवामा नेपाली काँग्रेसको लुम्बिनी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कक्षा १२ को नतिजा प्रकाशित
शुक्रबार, मंसिर १७, २०७८
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । शुक्रबार बिहान बसेको बोर्डको बैठकले नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार नतिजा प्रकाशित भएको हो ।
वर्षा र हिमपातको सम्भावना
शुक्रबार, मंसिर १७, २०७८
हाल देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।
केन्द्रीय सदस्यमा रानाको उम्मेदवारी : भन्छन् ‘लोकतन्त्रको संस्थागत र समृद्धिका लागि’
शुक्रबार, मंसिर १७, २०७८
नेपाली काँग्रेसका निवर्तमान सभापति तथा लुम्बिनी प्रदेश सरकारका उर्जा जलश्रोत तथा सिचाई मन्त्री वीरबहादुर रानाले नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।
आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदै
शुक्रबार, मंसिर १७, २०७८
आज ३० औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विश्वभरि विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष डिसेम्बर– ३ का दिन मनाइने अन्तर्राष्ट्रिय अपाङ्गता दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक तथा सिर्जनात्मक कार्यक्रम गरी मनाइँदै छ ।
ट्रेजरी बिल खरिद गर्दै नेपाल राष्ट्र बैंक
शुक्रबार, मंसिर १७, २०७८
नेपाल राष्ट्र बैंकले २५ अर्बकोे ट्रेजरी बिल ‘सोझै खरिद’ गर्ने भएको छ । बैंकले बुधबार सूचना जारी गर्दै बिहीबार ‘सोझै खरिद’ उपकरण बोलकबोल प्रक्रियाबाट गर्ने गरी आह्वान गरेको हो ।
३ सय १५ संक्रमित थपिए
शुक्रबार, मंसिर १७, २०७८
पछिल्लो २४ घण्टामा थप ३ सय १५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको नियमित कोरोना अपडेटमा देशभरका ३ सय १५ जना नयाँ संक्रमित थपिएका हुन् ।


