कोरोना कायमै छ सचेत बनौं
शनिबार, कात्तिक २७, २०७८

माथागढीमा निःशुल्क स्वास्थ्य परीक्षण, मुटु रोगी उत्साहित
शुक्रबार, कात्तिक २६, २०७८
पाल्पाको माथागढी गाउँपालिका ७ रहवासकी २७ वर्षीया विष्णु परियारमा विगत ५ वर्षअघिदेखि मुटुमा समस्या देखिएको थियो । उनको आर्थिक अवस्था निकै नै नाजुक भएकाले स्वास्थ्य परीक्षण गर्न सकेकी थिइनन् ।

तम्घासको सिद्धबाबामा शैक्षिक सामग्री प्रदर्शन
शुक्रबार, कात्तिक २६, २०७८
जिल्लाको सदरमुकाम तम्घासमा रहेको सिद्धबाबा माध्यमिक विद्यालयमा शैक्षिक सामग्री प्रदर्शन गरिएको छ । विद्यालयले विश्व विज्ञान दिवसको अवसर पारेर पुरातात्विक एवं विद्यार्थीहरुले निर्माण गरेका गणित र विज्ञानसँग सम्बन्धित शैक्षिक सामग्री प्रदर्शन गरेको हो ।

३ सय १७ संक्रमित थपिए
शुक्रबार, कात्तिक २६, २०७८
पछिल्लो २४ घण्टामा नेपालमा ३ सय १७ जना कोरोना संक्रमित थपिएका छन् । १२ हजार ६ सय ५३ नमूना परीक्षणमा ३ सय १७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको हो ।

इन्धनको मूल्य फेरी बढ्यो
शुक्रबार, कात्तिक २६, २०७८
नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिले बुधबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मुल्य प्रतिलिटर ३ रुपैयाँ बढाएको हो ।

अमर नारायण मन्दिरको सरसफाइ
शुक्रबार, कात्तिक २६, २०७८
तासेनमा रहेको ऐतिहासिक अमर नारायण मन्दिरको सरसफाइ गरिएको छ । मन्दिरको छानामा उम्रिएको झार उखेल्नुको साथै मन्दिर परिसरको सरसफाइ गरिएको हो ।

पाल्पा र गुल्मीमा ७ सय ९० गणक परिचालन
शुक्रबार, कात्तिक २६, २०७८
पाल्पा र गुल्मीमा ७ सय ९० गणक परिचालन गरिएको छ । बिहीबारदेखि सञ्चालन भएको १२ औँ राष्ट्रिय जनगणनाका लागि दुई जिल्लामा ७ सय ९० गणक परिचालन गरिएको हो ।

प्रविधितर्फ किसान आकर्षित
शुक्रबार, कात्तिक २६, २०७८
रम्भा गाउँपालिका १ सघाहाका अगुवा किसान ऋषिराम अर्यालले विगत पाँच वर्षदेखि प्रविधि (थ्रेसर) को प्रयोग गरी धानबाली स्याहार्दै आएका छन् । धान झाट्ने र दाही हाल्ने काम एकै पटकमा हुने भएपछि ‘थ्रेसर मेसिन’बाट धान स्याहार्ने कार्यमा कृषकको आकर्षण बढेको उनी बताउन्छन् ।

गणेशमानको स्मरण
शुक्रबार, कात्तिक २६, २०७८
प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०७ औँ जन्मजयन्ती बुधबार मनाइएको छ । उनको स्मरण गर्दै हरेक वर्ष जन्मजयन्ती मनाइने गरिन्छ ।

विप्लवद्वारा नेपाल बन्दको घोषणा
बिहीबार, कात्तिक २५, २०७८
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी बन्द सहितको आन्दोलनको घोषणा गरेको छ ।

इस्माली इमान र इज्जत
बिहीबार, कात्तिक २५, २०७८
गाउँपालिका भनेको नगरपालिका होइन । गाउँ नै गाउँहरूको पालिका हो । गाउँ, टोल र गाउँलेहरूको संरक्षण, संवद्र्धन तथा पालनपोषण गर्ने वाला नै गाउँपालिका हो ।

आजदेखि जनगणना, सम्पूर्ण तयारी पूरा
बिहीबार, कात्तिक २५, २०७८
आजदेखि राष्ट्रिय जनगणनाको कार्य सुरु भएको छ । १२ औँ शृङ्खलाको मुख्य गणनाकार्य विहीबारदेखि सुरु हुन लागेको हो ।