Shittalpati
तानसेन–रिडी सडक दैनिक ६ घण्टा बन्द

पाल्पा, तानसेन–रिडी सडकखण्ड दैनिक ६ घण्टा बन्द गरिएको छ । सडक चौँडा गर्नका मंसिर २५ गतेदखि पुस १० गतेसम्मका लागि उक्त सडक खण्ड दैनिक ६ घण्टा बन्द गरिएको हो ।

जोर्ते भिर आसपास क्षेत्रमा बाटो चौडा गर्ने कामका लागि १५ दिनसम्मका लागि सडक बन्द गरिएको सडक डिभिजन कार्यलय पाल्पाले जनाएको छ । समयमै काम सम्पन्न गर्नको लागि निर्माण व्यवसायी प्रदीप/शाइन जेभीले यातायात बन्द गर्न आग्रह गरे बोमोजिम सडक डिभिजन कार्यालय पाल्पा, निर्माण व्यवसायी र जिल्ला प्रशासन बिचको छलफलबाट दैनिक बिहान ९ः३० बजेदेखि दिउँसो ३ः३० बजेसम्मका लागि सडक बन्द गरिएको हो ।

सुरक्षा निकाय र एम्बुलेन्सका सवारीसाधनबाहेक अन्य सबै सवारीसाधनलाई आवतजावतमा रोक लगाइएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख रामेश्वर लम्सालद्वारा जारी सूचनामा उल्लेख छ ।

जोर्तेमा सडक चौंडाको काम सञ्चालनमा रहेको र समयमा कार्य सम्पन्न गर्नका लागि सडक बन्द गर्नु परेको सूचनामा जनाइएको छ । सडक बन्द रहेको समयमा साना सवारीलाई जोर्ते–लुहुङ–चण्डीभनञ्याङ हुँदै बतासेडाडाँको बाईपास सडक प्रयोग गर्न समेत डिभिजन कार्यालयले अनुरोध गरेको छ । सडक कार्यालयले यसअघि पनि सोही स्थानमा सडक चौडा गर्न भन्दै सडक १५ दिन बन्द गरेको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update