बेपत्ता वृद्धाको शव १० दिनपछि जंगलमा फेला
शुक्रबार, माघ १४, २०७८
पाल्पामा सिटामोल : ठूला अस्पतालमा छ, सानामा अभाव
शुक्रबार, माघ १४, २०७८
देशभर कोरोना संक्रमणसँगै रुघाखोकीका बिरामी बढेपछि सिटामोल अभाव चुलिएको छ । तर, पाल्पामा भने ठूला अस्पतालहरुमा पर्याप्त र साना अस्पतालहरुमा भने अभाव रहेको पाइएको छ ।
ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई न्यानो कपडा
शुक्रबार, माघ १४, २०७८
स्याङ्जाको भीरकोट नगरपालिकाले ज्येष्ठ नागरिक र अपा·ता भएका एक हजार बढीलाई न्यानो कपडा वितरण गरेको छ । नगरपालिकाले पहिलो चरणमा नगरका ९ वटै वडामा रहेका ७५ वर्ष उमेरभन्दा माथिका ज्येष्ठ नागरिक र पूर्ण अपाङ्गता (रातो कार्ड) भएका नागरिकलाई न्यानो कपडा वितरण गरेको नगर प्रमुख छायाराम खनालले बताए ।
पाल्पामा एक महिलाको शव फेला
बिहीबार, माघ १३, २०७८
जिल्लाको तिनाउ गाउँपालिका–३ मा एक महिलाको मृत अवस्थामा शव फेला परेको छ । तिनाउ खोला ड्याम नजिकै सैनामैना नगरपालिका –३ रुपन्देहीकी ७८ वर्षीय जित कुमारी कार्कीको मृत अवस्थामा शव फेला परेको हो ।
पाल्पामा सञ्चालित खानी उद्योगसहित नौं उद्योगलाई भ्रष्टाचार मुद्दा
बिहीबार, माघ १३, २०७८
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चुनढुंगा खानी उत्खननमा भ्रष्टाचार भएको ठहर गर्दै पाल्पाका चार खानी उद्योग सहित नौ उद्योगलाई भ्रष्टाचार मुद्दा दायर गरेको छ । राष्ट्रिय रुपमै खानी तथा भूगर्भ विभागका विभिन्न कर्मचारी, व्यापारीहरुको मिलेमतोमा खानी उद्योगमा भ्रष्टाचार भएको चर्चा चलिरहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको ठहर गर्दै खानी उद्योग...
अथकको अचार
बिहीबार, माघ १३, २०७८
सुसेली तपाई हामीहरु माझबाट जन्म लिएको एउटा विधा हो । जब हामीहरुले ५ं७ं५ को त्रिपदीय नेपाली लोकलय तथा भाकामा नेपालीपनमा र्सिजना, वाचन तथा गायन गरिरहेका छौं भने यसलाई किन विदेशी नामबाट रचना वा वाचन गर्ने ? आफनै मौलिक, पौराणिक तथा एतिहासिक लोकलयमा आधारित आफ्नै नाम किन नदिने ? यिनै प्रश्नहरुको...
स्थानीयतहको निर्वाचन मिति घोषणा गर्न एमाले पाल्पाको माग
बिहीबार, माघ १३, २०७८
नेकपा एमाले पाल्पाले आउदो बैशाख भित्र स्थानीय तहको निर्वाचन गर्ने गरी तत्काल निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेको छ । नेकपा एमाले पाल्पाले पत्रकार सम्मेलन गर्दै बर्तमान संविधान स्थानीयतहको जनप्रतिनिधि विहीनको अवस्था परिकल्पना पनि नगरेकाले जेष्ठ ५ भित्र नयाँ निर्वाचित जनप्रतिनिधिहरुको पुनरवहाली हुने गरी तत्काल निर्वाचननको मिति घोषणा गर्न...
राष्ट्रिय वाणिज्य बैंकको स्मार्ट क्युआर टेलर
बिहीबार, माघ १३, २०७८
राष्ट्रिय वाणिज्य बैंकले स्मार्ट क्युआर टेलर सेवा लागू गरेको छ । बैंकले ५७ औं वार्षिकोत्सवको अवसरमा स्मार्ट क्युआर टेलर लागु गरेको हो । डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बैंकले माघ १० गतेबाट सेवा शुभारम्भ गरेको छ ।
गुल्मीमा सिटामोलको अभाव छैन
बुधबार, माघ १२, २०७८
गुल्मीमा सिटामोलको अभाव नभएको पाइएको छ । कोरोना भाइरसको संक्रमण दर बढ्दै गएको अवस्थालाई मध्यनजर गरेर बुधबार गुल्मीमा नीजि औषधी पसलहरुको अनुगमन गर्ने क्रममा सिटामोल लगायतका औषधीको अभाव नभएको पाइएको हो ।
पाल्पामा बुधबार १ सय १० जनामा संक्रमण पुष्टि
बुधबार, माघ १२, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप १ सय १० जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा १ सय १० जनामा संक्रमण पुष्टि भएको हो ।
तानसेनमा ट्याक्टर र स्कुटर ठोक्किदा एकको मृत्यु
बुधबार, माघ १२, २०७८
तानसेनमा ट्याक्टर र स्कुटी ठोक्किदा स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ । बुधबार दिउँसो तानसेन नगरपालिका –७ बर्तुङ्ग स्थित सडकमा तानसेनदेखि बुटवलतर्फ जाँदै गरेको लु ३ त ४३१५ नम्वरको ट्याक्टर र सोही दिशाबाट गएको लु ४४ प १६१९ नम्वरको स्कुटर ठोक्किन पुग्दा स्कुटरमा सवार महिलाको मृत्यु भएको हो ।
ब्रिटिस काउन्सिलको इन्टरनेशनल स्कुल अवार्ड पाल्पाको प्यारागनलाई
बुधबार, माघ १२, २०७८
पाल्पा प्यारागन इङ्गलिस बोर्डिङ्ग स्कुल तानसेनले ब्रिटिस काउन्सिल अन्तर्गत प्रदान गरिने इन्टरनेशनल स्कुल अवार्ड प्राप्त गरेको छ । ब्रिटिस काउन्सिलले २०२०–२०२३ का लागि प्रदान गर्ने इन्टरनेशनल स्कुल अवार्ड पाल्पाको प्यारागनलाई प्रदान गरेको हो ।


