ट्रयाक्टर पल्टिंदा दुईको मृत्यु
मंगलबार, पुस २०, २०७८

लुम्बिनीमा राष्ट्रियसभाका लागि उम्मेदवारी दर्ता
मंगलबार, पुस २०, २०७८
राष्ट्रियसभाको निर्वाचनका लागि लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धन र एमालेले उम्मेदवारहरुको उम्मेदवारी दर्ता गराएका छन् ।

पाल्पाको रम्भा बन्यो बालमैत्री गाउँपालिका
मंगलबार, पुस २०, २०७८
पाल्पाको रम्भा गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकालाई सोमबार एक औपचारिक कार्यक्रमका बीच बालमैत्री गाउँपालिकाको रुपमा घोषणा गरिएको हो ।

‘स्थानीय तहमा उम्मेदवार बन्नेहरू सदस्यता छोड्नुहोस्’
मंगलबार, पुस २०, २०७८
नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रोशन पुरीले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्नेहरुले पत्रकारको सदस्यता छोड्नुपर्ने बताएका छन् ।

ग्याँस विक्रेता महासंघ लुम्बिनीको अधिवेशन, अध्यक्षमा गैरे
मंगलबार, पुस २०, २०७८
ग्याँस विक्रेता महासंघ लुम्बिनी प्रदेशको प्रथम साधारण सभा तथा प्रथम अधिवेशन भएको छ । महासंघको पाल्पाको तानसेनमा साधारण सभा तथा अधिवेशन भएको हो ।

तेस्रो लहर आउन सक्छ सतर्क बनौं
मंगलबार, पुस २०, २०७८
नेपालमा पनि कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने विश्लेषण गर्न थालिएको छ । भारतका विभिन्न शहरमा ओमिक्रोन भेरियन्ट फैलिएको र नेपालमा पनि हालसम्म ३ जनामा भेटिएकाले थप सतर्क रहन जरुरी छ ।

गुल्मीमा सञ्चालित ब्याडमिण्टन प्रतियोगिता सकियो
सोमबार, पुस १९, २०७८
जिल्लामा सञ्चालित जिल्लास्तरिय खुल्ला ब्याडमिण्टन प्रतियोगिता सकिएको छ । खेलो विकास र विस्तार गर्ने उद्देश्यले आयोजन गरिएको प्रतियोगिता सकिएको हो । प्रतियोगिता अन्तरगत खुल्ला पुरुष डबल तर्फ रिडीका विवेक शर्मा र जेनिस शेरचन प्रथम भएका छन् ।

माथागढीमा पोषण कार्यक्रम समीक्षा तथा गोष्ठी
सोमबार, पुस १९, २०७८
जिल्लाको माथागढी गाउँपालिकाले पालिकस्तरीय पोषण कार्यक्रम समीक्षा तथा कार्य योजना गोष्ठी गरेको छ । गाउँपालिकाले दुई दिने समीक्षा तथा गोष्ठीको आयोजना गरेको हो । समीक्षामा कार्यक्रमको प्रगति, उपलब्धी र आगामी योजनाका विषयमा छलफल भएको थियो ।

पाल्पाका घिमिरे बने सूर्या लाइफमा एक घण्टामै एमडिआरटी
सोमबार, पुस १९, २०७८
सूर्या लाइफ इन्स्योरेन्सका वरिष्ठ एजेन्सी म्यानेजर कमल घिमिरे एक घण्टामै एमडिआरटी बनेका छन् । पाल्पाको रैनादेवी छहरा गाउँपालिका ४ अमलाबास निवासी घिमिरे सन् २०२३ को लागि पहिलो कारोबार दिई दिनको पहिलो एक घण्टामै एमडिआरटी बन्न सफल भएका हुन् ।

पाल्पाको हेक्लाङ्गमा जिप दुर्घटना हुँदा पाँच घाइते
सोमबार, पुस १९, २०७८
जिल्लाको पूर्वखोला गाउँपालिका ६ हेक्लाङ्गमा जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । सोमवार विहान हेक्लाङ्स्थित भित्री कच्चि सडकमा हेक्लाङ्गबाट तानसेनतर्फ आउदै गरेको लु १ ज २६०७ नम्बरको जिप दुर्घटना हुँदा जिपमा सवार पाँच जना घाइते भएका हुन् ।

आर्थिक अभावले उपचारमा समस्या परेका दर्जीलाई सहयोग
सोमबार, पुस १९, २०७८
आर्थिक अभावले स्वास्थ्य उपचारमा समस्या परेका मुसिकोट नगरपालिका १ बाङ्गेका शंकर दर्जीलाई आर्थिक सहयोग जुटेको छ । विभिन्न अभियान मार्फत उनलाई सहयोग जुटेको हो । जुटेको सहयोग रकम एक कार्यक्रमका बीच समाजसेवी तारादेवी गौतम र बयोवृद्ध रमा केसीले संयुक्त रुपमा दर्जी परिवारलाई हस्तान्तरण गरेका छन् ।
.jpg)
साना किसान कृषि सहकारीको साधारण सभा
सोमबार, पुस १९, २०७८
जिल्लाको इस्मा गाउँपालिका ४ दोहोलीमा रहेको भविष्य निर्माण साना किसान कृषि सहकारी सस्था लिमिटेडले साधारण सभा मनाएको छ । सहकारीले एक औपचारिक कार्यक्रमका बीच तेस्रो साधारण सभा मनाएको हो ।

पाल्पा लघुवा बस दुर्घटना : मृतक सातै जनाको पहिचान खुल्यो (अपडेट)
आइतबार, पुस १८, २०७८
जिल्लाको रिब्दीको गाउँपालिका २ लघुवामा भएको बस दुर्घटनामा परी मृत्यु भएका सातै जनाको पहिचान खुलेको छ । दुर्घटनामा परी मृत्यु भएकाहरु बुटवल उपमहानगरपालिका १७ का ३० वर्षीय पशुपति रसाली, सोही ठाउँका ४० वर्षीय खुमबहादुर राना, बुटवल ११ का ३२ वर्षीय विजय थापा क्षेत्री, अर्घाखाँची मालारानी–२ का २८ वर्षीय भोजेन्द्र विक,...