Shittalpati
विकासका बाधकहरूलाई हटाऔं

मौसम अनुसारका क्रियाकलापले सबैका लागि अवस्थाको पहिचान गराउने वातावरण सिर्जना गर्छ । तर काम गर्ने शैलीमा भने हामी नेपालीहरुले समय अनुसार परिमार्जित गर्न सकेका छैनौ । विकासका कामलाई समयमा सम्पन्न नगर्ने मध्येका केही मुलुकहरु मध्ये हामी नेपालीहरु पनि पर्ने गर्छौ । यी सबै कुरा थाहा हुँदाहुँदै पनि हामीले हाम्रा कार्यशैलीमा रुपान्तरण गर्न सकेका छैनौ । जब–जब वर्षायाम शुरु हुन्छ अनि मात्र विकास र निर्माणका कामको चटारो हुने गरेका कारण पनि हाम्रो विकासको अवधारणाहरुले दीगोपन हामीले पाउन सकेका छैनौ । समस्याहरुको समाधान भन्दा पनि समस्या माथि झन् समस्या थप्ने बाहेक केही पनि हुनसकेको पाईदैन ।

राज्यका हरेक नराम्रा निर्णयलाई परिस्कृत गरेर समयानुसार परिवर्तन गरेर व्यवहारिक बनाउने कार्यमा नेतृत्व तहबाट निर्णय गर्नु र कार्यान्वयनको पाटोलाई कानुनतः परिपालन गर्ने कार्यमा कुनै पनि दल र नेता अनि राजनीतिज्ञ पनि सजग नभएका कारण पनि यी सबै समस्याहरु ज्यूँका त्यूँ रहिरहेका हुन् । नेपालका तराई, पहाड र हिमालका हरेक विकास निर्माणका काममा त्यहाँको वातावरणलाई उपयुक्त हुने खालको काम र आवश्यक बजेटको व्यवस्था समयमै गरेर समयमै काम सक्ने खालको वातावरण नबनेका कारण पनि समस्याहरु भ्mन्भन्दा झन् बल्झिदै जाने गरेका हुन् । यी र यस्ता समस्याहरुको सही समाधान खोज्ने कार्य नहुनु पनि हाम्रो दीगो विकासका बाधक तत्वहरु हुन भन्ने कुरा सबै भन्दा पहिला मनन् गर्नुपर्ने हुन्छ । काम सक्नका लागि असार मसान्त नै कुनुपर्ने बाध्यताको अन्त्य हुँदाका दिनदेखि यी सबै समस्याहरुका आधा निकास निस्कन्छन् तर गर्ने कसले ? र कहिले देखि शुरु गर्ने भन्ने विषयको टुङ्गो लगाउनै गाह्रो हुने गरेका कारण नै समस्या माथि झन समस्याहरु थपिएका हुन् । यसको समाधानका लागि राजनैतिक दलहरुसंग अठौट र ईच्छा शक्ति हुनुपर्ने र स्वार्थ रहीत विकासको परिकल्पना व्यवहारिक रुपमा गर्नुपर्ने देखिन्छ ।

प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update