आज राष्ट्रिय सभा निर्वाचन हुँदै, लुम्बिनीमा सत्तारुढ दल र एमालेका उम्मेदवार भिड्दै
बुधबार, माघ १२, २०७८
सहकारीलाई कृषि एम्बुलेन्स सहयोग
बुधबार, माघ १२, २०७८
दुर्गादेवी सामाजिक उद्यमी महिला कृषि सहकारी संस्था रामपुर–२ पाल्पालाई कृषि एम्बुलेन्स हस्तान्तरण गरिएको छ । रामपुर कृषि तथा पशु उद्यमशीलता विकास परियोजना मार्फत सहकारीलाई कृषि एम्बुलेन्स प्रदान गरिएको हो ।
रुपन्देहीको जंगलमा दुई जनाको शव फेला
मंगलबार, माघ ११, २०७८
रुपन्देहीको एक जंगलमा दुई जनाको शव फेला परेको छ । देवदह नगरपालिका घोडाहास्थित जंगलमा एक महिला र एक बालिकाको शव भेटिएको हो ।
पाल्पामा मंगलबार ४७ जनामा संक्रमण पुष्टि
मंगलबार, माघ ११, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप ४७ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ४७ जनामा संक्रमण पुष्टि भएको हो ।
तानसेन नगर सरकारद्वारा पारिवारिक लगत परिचयपत्र वितरण
मंगलबार, माघ ११, २०७८
जिल्लाको तानसेन नगर सरकारले क्यूआर कोर्ड सहितको पारिवारिक लगत परिचयपत्र वितरण थालेको छ । नगर सरकारले सूचना व्यवस्थापन प्रणाली अन्तर्गत पारिवारिक लगत परिचय पत्र वितरण थालेको हो । सोमबार एक औपचारिक कार्यक्रमका बिच नगर सरकारले उक्त परिचय पत्र वितरण अभियानको सुरुवात गरेको छ ।
औपचारिकतामै सीमित नबनोस् सहिद सप्ताह
मंगलबार, माघ ११, २०७८
मुलुक र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदको सम्झनामा प्रत्येक वर्ष झैँ यस वर्ष पनि सोमबारदेखि सहिद सप्ताह मनाउन सुरु गरिएको छ । यही माघ १० देखि १६ गतेसम्म मनाइने सहिद सप्ताहका लागि विभिन्न कार्यक्रमहरु तय भएका छन् ।
सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महिना सुरु हुने
सोमबार, माघ १०, २०७८
निर्माणका हिसाबले नेपालको दोस्रो सुरुङमार्ग सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महिना सुरु हुने भएको छ । सिद्धार्थ राजमार्गको सबैभन्दा जोखिम खण्डका रुपमा रहेको सिद्धबाबा खण्डमा सुरुङसँगै ‘रकसेड’ निर्माण गर्न लागिएको छ ।
रेसुङ्गा नगरपालिकामा कृषकलाई त्रिपाल र कर्नी वितरण
सोमबार, माघ १०, २०७८
जिल्लाको रेसुङ्गा नगरपालिकामा कृषकहरुलाई त्रिपाल तथा कर्नी वितरण गरिएको छ । रेसुङ्गा नगरपालिका वडाकार्यालय १ ले आइतबार २५ जना कृषकहरुलाई त्रिपाल तथा कर्नी वितरण गरेको हो ।
कर्मचारीमा कोरोना देखिएपछि गुल्मी प्रशासन कार्यालयको सेवा बन्द
सोमबार, माघ १०, २०७८
कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय गुल्मीले अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरेको छ ।
पाल्पामा जोखिम बढ्यो, छैन सतर्कता
सोमबार, माघ १०, २०७८
जिल्लामा दिनहुँ कोरोना संक्रमणको जोखिम तीव्र रुपमा बढ्दै गए पनि सतर्कता अपनाइएको छैन । जिल्ला प्रशासन कार्यालय पाल्पाले संक्रमण रोकथामका लागि आदेश जारी गरेको छ, तर आदेशको कतै पालना भएको छैन । जसले गर्दा यहाँका घर–घरै संक्रमणका बिरामी बढेका छन् ।
आयआर्जनको माध्यम बन्यो हस्तकला
सोमबार, माघ १०, २०७८
सीपमूलक कार्यमा मधेसी तथा थारू समुदायका महिलाको आकर्षण बढ्दै गएको छ । रुपन्देहीको सियारी गाउँपालिकाका मधेसी तथा थारु समुदायका महिलाले हस्तकलाका सामग्रीबाट आयआर्जन गर्न थालेका छन् । स्थानीय तहको पहलमा उनीहरुले हराउँदै गएका हस्तकलाको सामग्री उत्पादन गरी आयआर्जनको माध्यम बनाएका हुन् ।
‘क्रिप्टोकरेन्सी र नेटवर्क व्यवसाय गर्नेलाई कारबाही हुन्छ’
सोमबार, माघ १०, २०७८
क्रिप्टोकरेन्सीको कारोबारलाई नेपाल राष्ट्र बैंकले गैरकानुनी भनेको छ । बैंकले क्रिप्टोकरेन्सी गैरकानुनी रहेको ठहर गर्दै कारोबार गर्नेलाई कानुन अनुसार कारबाही गर्ने चेतावनी दिएको छ । राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार नगर्न/नगराउन सबैलाई आग्रह पनि गरेको छ ।


