Shittalpati
शान्ति सुरक्षा कायम गर्न समन्वयात्मक भूमिका निर्वाह गर्छु : प्रहरी उपरीक्षक शाही
शान्ति सुरक्षा कायम गर्न समन्वयात्मक भूमिका निर्वाह गर्छु : प्रहरी उपरीक्षक शाही जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक जनकबहादुर शाहीले जिल्लाको शान्ति सुरक्षा कायम गर्न सबैसँग समन्वयात्मक भूमिका निर्वाह गर्ने बताएका छन् । शुक्रबार पाल्पाली पत्रकारहरुसँंगको अन्तक्र्रिया कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट सरुवा भई पाल्पा आएका प्रहरी उपरीक्षक शाहीले पत्रकार, राजनितिक दल, नागरिक समाज तथा सर्वसाधारणहरुको सुझावलाई कार्यान्वयन गर्दै जिल्लाको शान्ति...
पाल्पामा संक्रमित दिनहुँ बढ्दै, शुक्रबार मात्रै ६७ जनामा संक्रमण
पाल्पामा संक्रमित दिनहुँ बढ्दै, शुक्रबार मात्रै ६७ जनामा संक्रमण केही दिनयता जिल्लामा कोरोना संक्रमितको संख्या दिनहुँ बढेको छ । स्वास्थ्य कार्यालयका अनुसार दिप्रतिदिन संक्रमणको ग्राफ उकालो लाग्दै गएको हो । विहीबार ४९ जना नयाँँ कोरोना संक्रमित थपिएकोमा शुक्रबारमात्र ६७ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
पाल्पामा ज्यान सम्बन्धी कसुरका प्रतिवादी पक्राउ
पाल्पामा ज्यान सम्बन्धी कसुरका प्रतिवादी पक्राउ जिल्लामा ज्यान सम्बन्धी कसुरका प्रतिवादीहरु पक्राउ परेका छन् । तानसेन नगरपालिका -६ कुनसरे स्कूलडाँडाकी ६५ वर्षीय सरस्वती देवी घर्ती मगरको ज्यान लिएको आरोपमा ३ जना प्रतिवादीहरु पक्राउ परेका हुन् ।
रैनादेवी छहरामा आफ्नै घरको आगनमा लडेर एक महिलाको मृत्यु
रैनादेवी छहरामा आफ्नै घरको आगनमा लडेर एक महिलाको मृत्यु जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा आफ्नै घरको आगनमा लडेर एक महिलाको मृत्यु भएको छ । रैनादेवी छहरा गाउँपालिका –५ मुझुङकी ५९ वर्षीया गीता घर्ती मगर आफ्नै घरको आगनमा लडेर घाइते भएकी थिइन् ।
खोप लगाउन भिडभाड
खोप लगाउन भिडभाड तानसेनस्थित पाल्पा अस्पतालमा खोप लगाउनका लागि सयौंको संख्यामा लामवद्ध भएका नागरिक । कोरोना संक्रमणको तेस्रो लहर तीव्र रुपमा फैलिरहँदा यसको रोकथामका लागि सतर्कता अपनाउन भनिए पनि खोप लगाउने स्वास्थ्य केन्द्रहरूमा भने असावधानी देखिन्छ ।
खैरेनी वन :  बन्दै छ पर्यटकीय आकर्षण
खैरेनी वन : बन्दै छ पर्यटकीय आकर्षण कालीगण्डकीले घेरेको खैरेनी वनको सुन्दर दृश्यले सबैका मन लोभ्याउँछ । टापु आकारमा रहेको वनलाई नदीले चारैतिरबाट घेरेको छ । यही दृश्यले सबैको मन तानिरहेको हुन्छ । रामपुर नगरपालिका–८ स्थित खैरेनी सामुदायिक वनको करिब नौ हेक्टर क्षेत्रफल नदीले घेरेको छ ।
५७ करोडको सुन्तला विक्री
५७ करोडको सुन्तला विक्री सुन्तलाको स्वाद र उत्पादनका दृष्टिले छुट्टै पहिचान बनाएको स्याङ्जामा यसवर्ष ५७ करोड ९ लाख मूल्य बराबरको सुन्तला विक्री भएको छ । गत वर्षको तुलनामा सुन्तला उत्पादनमा कमी आएको भएपनि बजार मूल्य राम्रो पाएकाले सो मूल्य बराबरका सुन्ताला विक्री भएको हो ।
पाल्पामा पत्रकारले लगाए बुस्टर डोज
पाल्पामा पत्रकारले लगाए बुस्टर डोज अग्रपंक्तिमा खटिएका जिल्लाका पत्रकारहरुले कोरोनाविरुद्धको बुस्टर (तेस्रो) डोजको खोप लगाएका छन् । संघीय सरकारमार्फत प्राप्त खोप जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा गत असारअगाडि दोस्रो मात्राको खोप लगाएका पत्रकारहरुलाई बुस्टर डोज दिइएको हो ।
तिनाउ गाउँपालिकाले दश बेडको कोभिड अस्पताल सञ्चालन गर्ने
तिनाउ गाउँपालिकाले दश बेडको कोभिड अस्पताल सञ्चालन गर्ने जिल्लाको तिनाउ गाउँपालिकाले दश बेडको कोभिड अस्पताल सञ्चालन गर्ने भएको छ । कोरोना सक्रमणको दर उच्च भएपछि गाउँपालिकाले कोभिड आईसोलेसन अस्पताल पुनः सञ्चालन गर्ने निर्णय गरेको हो ।
पाल्पामा विहीबार थपिए ४९ संक्रमित
पाल्पामा विहीबार थपिए ४९ संक्रमित जिल्लामा पछिल्लो २४ घण्टामा थप ४९ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ४९ जनामा संक्रमण पुष्टि भएको हो ।
अगाहखोलाको गोतामेमा पुलको सर्वे
अगाहखोलाको गोतामेमा पुलको सर्वे जिल्लाको माथागढी गाउँपालिका र रम्भा गाउँपालिका जोड्ने अगाहखोलाको गोतामे घाटमा ट्रस पुल निर्माणका लागि स्थलगत सर्वे गरिएको छ । माथागढी गाउँपालिकाले उक्त स्थानमा पुल निर्माणका लागि सर्वे गर्ने काम गरेको हो । गाउँपालिका अध्यक्ष सन्तोष थापा मगर र इञ्जिनियरहरुको टोलीले उक्त स्थानमा पुनर्निर्माणका लागि स्थलगत सर्वे गरेको छ ।
Weather Update