‘महिला सहकारीले उत्पादनमुखी कृषिमा जोड दिनुपर्छ’
सोमबार, पुस २६, २०७८
सबै पक्ष गम्भीर बनौं
सोमबार, पुस २६, २०७८
नेपाली राजनैतिक वृतमा अहिले आएर विभिन्न खालका क्रियाप्रतिक्रियाहरु अगाडि आएका छन् । गठवन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षदलका नेता एमाले अध्यक्ष केपी शर्मा ओली बीच भएको भेटघाट र परामर्शलाई अत्यन्तै महत्वका साथ हेरिएको छ ।
राष्ट्रिय सभा सदस्यमा आफूलाई विजयी बनाउन गुल्मीका सुनारको आग्रह
आइतबार, पुस २५, २०७८
नेकपा एमाले गुल्मीका उपाध्यक्ष कृष्ण सुनारले पत्रकार भेटघाट मार्फत राष्ट्रिय सभा सदस्यमा विजयी बनाउन आग्रह गरेका छन् ।
कोरोनाका कारण १५ दिन शैक्षिक संस्था बन्द गर्न माग
आइतबार, पुस २५, २०७८
नेपाली काँग्रेसका नेता नैनसिंह महरले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै १५ दिन शैक्षिक संस्था बन्द गर्नुपर्ने बताए । थारु विद्यार्थी संघ केन्द्रीय समितिको आयोजनामा ‘ओमिक्रोन र शैक्षिक क्षेत्रमा यसले निम्त्याउने संकट’ विषयक अन्तक्र्रियामा उनले मुलुकमा पुनः कोरोनाको जोखिम बढेकाले बालबालिकालाई त्यसको खतराबाट बचाउनुपर्नेमा जोड दिए ।
गुल्मी उद्योग वाणिज्य संघको अध्यक्षमा पौडेल सर्वसम्मत
आइतबार, पुस २५, २०७८
गुल्मी उद्योग वाणिज्य संघको ३० औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट अध्यक्ष पदमा ईश्वरी पौडेल सर्वसम्मत निर्वाचित भएका छन् । सदरमुकाम तम्घासको रहेको संघको सभाहलमा भएको ३० औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट पदाधिकारी एवम् सदस्यहरु सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् ।
साँघुरा सडक र चालकको लापरबाहीः दुर्घटनाको बढ्दो जोखिम
आइतबार, पुस २५, २०७८
पाल्पामा आवश्यक मापदण्ड पूरा नगरिकन विस्तार गरिएका सडक दुर्घटनाको उच्च जोखिममा परेको छ । साँघुरा र कच्ची सडक, सवारी चालकको लापरबाही, सवारी साधनको अवस्थाको चेकजाँच नगर्ने प्रवृत्ति दुर्घटनाका प्रमुख कारण मानिएका छन् ।
अक्सिजन प्लाण्टका लागि बनाइएको घर हस्तातरण
आइतबार, पुस २५, २०७८
गुल्मीमा अक्सिजन प्लाण्ट राख्नका लागि बनाइएको घर गुल्मी अस्पताललाई हस्तान्तरण गरिएको छ । गुल्मी उद्योग वाणिज्य संघ र स्थानीय जनसहभागितामा निर्मित ओयर हाउसको चाँपी गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीले अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.उत्तम पच्यालाई हस्तान्तरण गरेका हुन् ।
सामुदायिक वन राष्ट्रको धन
आइतबार, पुस २५, २०७८
सामुदायिक वन नेपालको एउटा मौलिक पहिचान र आयको स्रोत हो । नेपालमा वन विनाशलाई रोक्न प्राकृतिक विपद्लाई न्यूनिकरण गर्न र स्थानीय समुदायलाई आवश्यक पर्ने घाँस, दाउरा, काठ र वन पैदावरको सहज आपूर्ति व्यवस्थापन गर्नका लागि सामुदायिक वन पद्दतिको आविष्कार गरिएको थियो ।
काँग्रेसलाई सबल र सक्षम पार्टी बनाउन सबै सक्रिय हुनुपर्छ: सभापति पन्थी
शनिबार, पुस २४, २०७८
नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले काँग्रेसलाई सबल र सक्षम पार्टी बनाउन सबै सक्रिय हुनुपर्ने बताएका छन् । नेपाली काँग्रेस रेसुङ्गा नगरपालिका वडा १० को वडा कार्यालय उद्घाटन गर्दै सभापति पन्थीले नेपाली काँग्रेसलाई सबल, सक्षम र गतिशील पार्टी बनाउन सबै तहका समितिहरू सक्रिय हुनुपर्ने बताएका हुन् ।
धनेन्द्रराज घिमिरेको अध्यक्षतामा एमाले पाल्पाको नयाँ नेतृत्व चयन
शनिबार, पुस २४, २०७८
नेकपा एमाले पाल्पाको नवौं जिल्ला अधिवेशनबाट धनेन्दराज घिमिरेको अध्यक्षतामा सर्व सहमतीबाट नयाँ नेतृत्व चयन भएको छ ।
पहिलो शीत काव्य ‘शीतका थोपा’ हेर्दा
शनिबार, पुस २४, २०७८
शीत काव्य समाज नेपालद्वारा प्रकाशित शीत काव्यसङ्ग्रह शीतका कथा (२०७८) का लेखक, नुवाकोट जिल्ला विदुर नगरपालिका वडा ७ तुप्चे जन्म भइ हाल काठमाडौं जिल्ला टोखा नगरपालिका वडा ९ गोंगबुमा बसोबास गर्दै आउनु भएका क्रियाशील साहित्यकार कृष्ण बहादुर के.सी. (सापकोटा) हुनुहुन्छ । माता शिवकुमारी के.सी. र पिता कर्णबहादुर के.सी.का सुयोग्य सुपुत्र...
आगामी निर्वाचनमा बहुमत ल्याउँछौं : अध्यक्ष ओली
शनिबार, पुस २४, २०७८
नेकपा एमाले पाल्पाको नवौं जिल्ला अधिवेशन तानसेनको टिन्टीआपमा शुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट जिल्ला अधिवेशनको उद्घाटन गर्दै आगामी तीन वटै निर्वाचनमा एमालेलाई बहुमतमा पुर्याउने बताए । पार्टी अध्यक्ष शर्मा एमालेलाई चारैतिरबाट प्रतिक्रियावादीले घेरा हालेपनि जनताको माझमा एमाले लोकप्रिय रहेको र सरकारमा रहँदा जनता केन्द्रित...
बलेटक्सार बजारमा लिफ्टिङ मार्फत खानेपानी पुग्यो
शनिबार, पुस २४, २०७८
गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा ४ मा रहेको बलेटक्सार बजारमा लिफ्टिङ मार्फत खानेपानी पुगेको छ । बजारवासीले लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका थिए । बलेटक्सार बजार लिफ्ट खानेपानी तथा सरसफाई आयोजनाको शुक्रबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । खानेपानी आयोजनाको गुल्मी क्षेन नम्बर १ सांसद प्रदीपकुमार ज्ञवालीले उद्घाटन...


