‘स्थानीयदेखि संघीय निर्वाचनसम्म गठबन्धन आवश्यक’
आइतबार, माघ १६, २०७८
पर्यटक तान्दै रामपुरको ‘तालपोखरा’
आइतबार, माघ १६, २०७८
कोरोनाको बाबजुद तालपोखरा परिसरमा आन्तरिक पर्यटकको बाक्लै चहलपहल देखिन्छ । दिउँसोमा ताल वरपरको प्राकृतिक वातावरणमा रमाउँदै आनन्द लिने युवाको संख्या यहाँ बढ्दो छ । पाल्पाको सदरमुकाम तानसेनबाट करिब ६५ किलोमिटर पूर्वमा अवस्थित रामपुरको तालपोखरालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएपछि यहाँ आउने आन्तरिक पर्यटक ह्वात्तै बढेका छन् ।
आज देशभर सहिदहरुको सम्झनामा दिवस मनाइँदै
आइतबार, माघ १६, २०७८
देश र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुँति दिने सहिदको सम्झनामा आज विभिन्न कार्यक्रमको आयोजना गरी सहिद दिवस मनाइँदैछ । प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने सहिद सप्ताहको अन्तिम दिन विशेष रुपमा सहिद दिवस मनाउने गरिन्छ ।
राष्ट्र बैंकले साढे १० करोड ब्याजमा लगानी गर्ने
आइतबार, माघ १६, २०७८
नेपाल राष्ट्र बैंकले झण्डै साढे १० करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । बैंकले आफ्नो विभिन्न कोषमा रहेको १० करोड ४८ लाख रुपैयाँ एक वर्षका लागि निक्षेपको रुपमा बैंक तथा वित्तीय संस्थाहरुमा राख्न चाहेको हो ।
ज्येष्ठ नागरिकलाई ‘बुस्टर’ डोज
शनिबार, माघ १५, २०७८
सरकारले ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ डोज दिन थालेको छ । भाइरसविरुद्धको खोप लगाएको ६ महिना पूरा भएका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिन थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिए ।
कोरोना परीक्षण प्रयोगशाला बन्द
शनिबार, माघ १५, २०७८
गुल्मी सदरमुकाम तम्घासस्थित कोरोना भाइरस परीक्षण प्रयोगशाला बन्द भएको छ । सञ्चालनका लागि रकम अभाव भएपछि चार महिनादेखि प्रयोगशाला बन्द भएको हो ।
पाल्पामा थप ६७ जनामा कोराना पुष्टि
शनिबार, माघ १५, २०७८
पाल्पामा थप ६७ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा पछिल्लो २४ घण्टामा ६७ जनामा संक्रमण पुष्टि भएको हो ।
तानसेन नगरपालिकाको सेवा स्थगित
शनिबार, माघ १५, २०७८
तानसेन नगरपालिकाले कार्यालयका कर्मचारीमा कोभिड–१९ सङ्क्रमण देखिएपछि सेवा स्थगित गरेको छ । नगरपालिकाका २३ कर्मचारी तथा जनप्रतिनिधिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा स्थगित गर्नु परेको प्रमुख प्रशासकिय अधिकृत पिताम्बर पाण्डेयले जानकारी दिए ।
नेपाल बैंकले गर्यो एनआरएन निक्षेप खाता सञ्चालन
शनिबार, माघ १५, २०७८
नेपाल बैंकले गैर–आवासीय नेपालीहरुलाई लक्षित गरी आकर्षक सुविधा सहितका एनआरएन निक्षेप खाताहरू सञ्चालनमा ल्याएको छ । विदेशमा बस्ने गैर–आवासीय नेपालीहरुले अब अनलाइनबाटै नेपाल बैंकमा विदेशी मुद्रामा बचत र मुद्दती खाता खोल्न सक्नेछन् ।
फेसबुक आईडी हेरेपछि
शनिबार, माघ १५, २०७८
“तपाईको नाममा पक्राउ पुर्जी आएको छ, आफ्नो श्रीमानलाई खान लाउन नदिई घरबाट निकाल्नु भएछ त के हो ? तपाईको श्रीमान्ले मुद्दा हालेको छ । पुरुष हिंसा भयो भनेर ।”
पशुमा फैलिएका खोरेत रोग नियन्त्रणमा
शनिबार, माघ १५, २०७८
पाल्पाको निस्दी गाउँपालिका–२ स्थित सुकेकोटमा पशुमा फैलिएको खोरेत रोग नियन्त्रणमा आएको छ । गाउँका करिब ३०० गाई, भैसी, बंगुर, बाख्रामा खोरेत रोग फैलिएको थियो ।
माझकोट स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालन
शनिबार, माघ १५, २०७८
स्याङ्जाको वालिङ नगरपालिका–३ माझकोट स्वास्थ्य चौकीमा ‘बर्थिङ सेन्टर’ स्थापना गरी सेवा दिन थालिएको छ । बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै गर्भवतीले स्वास्थ्य मापदण्डअनुसार गर्नुपर्ने स्वास्थ्य परीक्षणसँगै संस्थागत सुत्केरी हुने क्रम बढेको स्वास्थ्यचौकी प्रमुख संगीता गहतराजले जानकारी दिइन् ।


