मानव भित्रको विचित्रता
मंगलबार, फागुन ३, २०७८
गुल्मी काँग्रेसको प्रशिक्षण फागुन १० गते
सोमबार, फागुन २, २०७८
नेपाली काँग्रेस गुल्मीले यही फागुन १० गते प्रशिक्षण गर्ने भएको छ । काँग्रेसको सोमबार बसेको आकस्मिक बैठकले पूर्व निर्धारित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।
पाल्पामा सोमबार थप २७ जनाले कोरोना जिते, १६ जनामा संक्रमण
सोमबार, फागुन २, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप २७ जना संक्रमितले कोरोना जितेका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका १५ जना महिला र १२ जना पुरुषले कोरोना जितेका हुन् ।
पाठकको नजरमा ‘भ्यालेन्टाइन डे’, ‘भ्यालेन्टाइन डे’ मनाउनु आवश्यकता कि विकृति ?
सोमबार, फागुन २, २०७८
‘प्रेम दिवस’ अर्थात् ‘भ्यालेन्टाइन डे’ प्रेम जोडीहरूका लागि महत्वपूर्ण दिन मानिन्छ । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरूका लागि पनि प्रणय दिवस उत्तिकै महत्वपूर्ण छ । विशेष गरी यो १४ फेब्ररीका दिन दिवस मनाइने गरिन्छ । प्रायः पश्चिमा देशहरुमा मनाइने यो दिवस पछिल्ला केही वर्षमा नेपालमा पनि...
एउटै भवनबाट कृषि, पशु र आयुर्वेद सेवा, सेवाग्राही उत्साहित
सोमबार, फागुन २, २०७८
जिल्लाको बगनासकाली गाउँपालिकाले कृषि, पशु र आयुर्वेदको सेवा एउटै भवनबाट दिन थालेको छ । उसले वडा २ र ३ का नागरिकहरुको सेवालाई मध्यनजर गर्दै तीन वटै सेवा एउटै भवनबाट दिन थालेको हो । दुई वडाबाट कृषि, पशु र आयुर्वेदको सेवा छुट्टाछुट्टै स्थानबाट प्रवाह हुँदै आएकोमा आइतबारदेखि एउटै भवनबाट हुन थालेको...
ग्लोबल बैंकको ‘भ्यालेन्टाइन्स’ अफर
सोमबार, फागुन २, २०७८
ग्लोबल आईएमई बैंकले ‘भ्यालेन्टाइन्स डे’ अफर ल्याएको छ । उसले आफ्ना ग्राहकहरुका लागि क्यूआर कोडमार्फत गरिने झुक्तानीमा १५ प्रतिशत क्यासब्याक प्रदान गर्ने गरी योजना ल्याएको हो ।
पाल्पामा आइतबार थप ३८ जना कोरोना संक्रमणमुक्त
आइतबार, फागुन १, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप ३८ जना संक्रमित कोरोना संक्रमणमुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका १४ जना महिला र २४ जना पुरुष संक्रमणमुक्त भएका हुन् ।
मंगलबार लुम्बिनी प्रदेशमा सार्वजनिक विदा
आइतबार, फागुन १, २०७८
लुम्बिनी प्रदेश सरकाले मंगलबार अर्थात् फागुन ३ गते सार्वजनिक विदा दिने भएको छ । प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिने भएको हो ।
प्रेस चौतारी पाल्पाको अध्यक्षमा कार्की
आइतबार, फागुन १, २०७८
प्रेस चौतारी नेपाल पाल्पाको अध्यक्षमा पत्रकार कृष्ण कार्की निर्वाचित भएका छन् । चौतारीको तानसेनमा भएको ८ औं जिल्ला अधिवेशनबाट कार्की निर्विरोध निर्वाचित भएका हुन् ।
बेथल बोर्डिङ्गको रजत जयन्ती स्मारक अनावरण
आइतबार, फागुन १, २०७८
तानसेनमा रहेको बेथल सेकेण्डरी बोर्डिङ्ग स्कुलले रजत जयन्ती स्मारक अनावरण गरेको छ । स्कूलले आफ्नो रजत महोत्सवको अवसर पारेर रजत स्मारक अनावरण गरेको हो । उक्त स्मारकको लुम्बिनी प्रदेशका शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्री वसीउद्दीन खाँले अनावरण गरेका छन् ।
पाल्पामा मत्थर हुँदै कोरोना
आइतबार, फागुन १, २०७८
जिल्लामा कोराना महामारीको संक्रमण मत्थर हुँदै गएको छ । पछिल्लो दुई सातायता संक्रमण निरन्तर घटिरहेको छ भने सक्रिय संक्रमितको संख्यामा समेत उल्लेख्य कमी आएको छ । शनिबार पीसीआर र एन्टिजेनबाट १७ जनाको नमुना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको छ, भने २९ जना संक्रमणमुक्त भएका छन् । तेस्रो लहर...
गुल्मीमा दलित सुकुम्बासीलाई लालपुर्जा
आइतबार, फागुन १, २०७८
गुल्मीको मालिका गाउँपालिका–७ घमिरका विपन्न १२ दलित परिवारले लालपुर्जा पाएका छन् । उनीहरु सडक निर्माणपछि गाउँ नै पहिरोको जोखिममा परेकाले २२ वर्षदेखि सिलादीस्थित सार्वजनिक जग्गामा बस्दै आएका थिए । सार्वजनिक वन क्षेत्रमा बसोबास गरिरहेका विपन्न परिवार घर, पानी, बिजुली लगायतका सुविधाबाट वञ्चित थिए ।


