Shittalpati
ग्लोबल बैंकको ‘भ्यालेन्टाइन्स’ अफर

पाल्पा, ग्लोबल आईएमई बैंकले ‘भ्यालेन्टाइन्स डे’ अफर ल्याएको छ । उसले आफ्ना ग्राहकहरुका लागि क्यूआर कोडमार्फत गरिने झुक्तानीमा १५ प्रतिशत क्यासब्याक प्रदान गर्ने गरी योजना ल्याएको हो । प्रिय पात्रसँग माया, सद्भाव मित्रता र प्रशंसा बाँड्ने मौका प्रदान गर्न फाल्गुन १ तथा २ गते सरसामान खरिद गर्दा ‘मेरी उनीलाई’ लेखी क्यूआर कोडमार्फत गरिने झुक्तानीमा १५ प्रतिशत वा अधिकतम २ सयसम्म क्यासब्याक पाउने छन् । ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले समय सान्दर्भिक योजना ल्याएर ग्राहकलाई सहज बनाउँदै आएको छ ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले ७६ जिल्लामा २ सय ८७ शाखा, २ सय ५२ एटिएम, २ सय ६३ शाखारहित सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय गरी करिब ८ सय ५० केन्द्रबाट २७ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ । त्यसैगरी बैंकले अमेरिका, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भिœयाउँदै देशको अर्थ व्यवस्थामा योगदान पुर्‍याएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन २, २०७८  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update