नवजनचेतना राष्ट्रिय दैनिक २०७९ माघ २२ गते आइतबार
आइतबार, माघ २२, २०७९
भारतीय नागरिकको हत्या
शनिबार, माघ २१, २०७९
गुल्मीमा एक जना भारतीय नागरिकको हत्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई शनिबार सार्वजनिक गरेको छ । सत्यवती गाउँपालिका–१ का छबीलाल र उनकी श्रीमति विष्णु अधिकारीले भारतीय नागरिक शेख आलिनामको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए ।...
पाल्पाको तिनाउमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
शनिबार, माघ २१, २०७९
पाल्पाको तिनाउमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्युु भएको छ । शनिबार जिल्लाको तिनाउ गाउँपालिका–५ चौबिस माइलस्थित सिद्धार्थ राजमार्ग सडक खण्डमा पाल्पाबाट बुुटवलतर्फ जाँदै गरेको लुु २९ प ३२९७ नम्वरको मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको ग २ ख ८४३ नम्वरको ट्रकले ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्युु भएको हो ।
मृत्यु हुनेमा...
इन्टरनेटबिना पनि रकम भुक्तानी गर्न सकिने
शनिबार, माघ २१, २०७९
अब इन्टरनेटबिना पनि रकम भुक्तानी गर्न सकिने भएको छ । इन्टरनेट नभएको अवस्थामा पनि रकम भुक्तानी गर्न मिल्ने सुविधा ‘फोन पे’ले ल्याएको हो । शुक्रबार सम्पन्न एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा निलम ढुङ्गानाले नयाँ ‘प्रडक्ट’को उद्घाटन गरे ।
पाल्पामा ट्याक्टरको ठक्करबाट स्कुुटरमा सवार दुुई जनाको मृत्युु
शनिबार, माघ २१, २०७९
पाल्पाको तानसेन– दर्लमडाँडा सडक खण्डमा ट्याक्टरले स्कुटरलाई ठक्कर दिंदा दुुई जनाको मृत्युु भएको छ । तानसेनबाट बगनासकाली गाउँपालिकाको झिरुभञ्ज्याङतर्फ जाँदै गरेको लु २ त ९८८४ नम्बरको ट्याक्टरले सोही दिशातर्फ जाँदै गरेको लु ५३ प ७५७१ नम्बरको स्कुटरलाई बगनासकाली –९ गुनठाँटीस्थित तानसेन– दर्लमडाँडा सडक खण्डमा आज बिहान ठक्कर दिँदा स्कुटरमा सवार...
विश्व क्यान्सर दिवस मनाइदैं
शनिबार, माघ २१, २०७९
विभिन्न चेतनामूलक कार्यक्रम गरी आज विश्व क्यान्सर दिवस मनाइदैं छ । ‘विश्वभरि हाम्रो आवाज एकजुट हो र कारवाही’ भन्ने नाराका साथ विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । सुरुमै क्यान्सर रोगको उपचार भएमा बिरामी पूर्णरुपमा निको हुने भएकाले यसबारे सर्वसाधारणमा जनचेतना बढाउन हरेक वर्षको फेब्रुअरी ४ मा यो...
रगतसम्बन्धी सबै सेवा निःशुल्क
शनिबार, माघ २१, २०७९
बुटवलमा रगतसम्बन्धी सबै सेवा निःशुल्क हुने भएको छ । बुटवल उपमहानगरपालिकाले रक्तसञ्चार सेवा केन्द्रसँग सम्झौता गरी बुटवलका बासिन्दाले रुपन्देहीका अस्पतालहरूमा उपचाररत रहँदा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ लिँदा शुल्क नलाग्ने व्यवस्था गरेको हो ।
दूध बिक्रीबाट मासिक पन्ध्र लाख आम्दानी
शनिबार, माघ २१, २०७९
स्याङ्जाको फेदीखोला गाउँपालिका–१ मट्टिखानका विष्णुप्रसाद पोख्रेलले गाउँमै पशुपालन गर्दै आएका छन् । किराना पसल सञ्चालन गर्दै आएका उनले अहिले पुर्खयौली थलोमा पशुपालन सुरु गरेका छन् । उनले दुई वर्षअघि ‘जनविश्वास कृषि तथा पशु बहुउद्देश्यीय फार्म’ दर्ता गरी १० वटा भैँसीबाट व्यवसाय थालेका हुन् ।
तेस्रो लिङ्गीको गुनासो:‘हामी पनि मान्छे हौं, आत्मसम्मानका साथ बाँच्न पाउनुपर्छ’
शनिबार, माघ २१, २०७९
यौनिक तथा लैङ्गिक अल्पसख्यांक समुदाय (तेस्रो लिङ्गी) का अगुवा अधिकारकर्मीहरूले समाजमा आत्मसम्मानजनक रुपमा बाँच्न पाउनुपर्ने बताएका छन् । परिवार र समाजले गर्ने नकारात्मक व्यवहारका कारण तेस्रो लिङ्गीहरु अपमानित हुनुु परेको भन्दैं उनीहरुले आत्मसम्मानका साथ बाँच्न पाउनुपर्ने बताए ।
तानसेनमा निकालियो भीमसेनको रथ यात्रा, रौनक भने हराउँदै
शुक्रबार, माघ २०, २०७९
जिल्लाको सदरमुकाम तानसेनमा बिहीबार धार्मिक आस्थासँग जोडिएको भीमसेनको रथ यात्रा निकालिएको छ । नेवार समुदायले हरेक वर्ष माघ शुक्ल भीमा द्वादशीका दिन भीमसेनको रथ यात्रा निकाल्ने गर्दछन् । तानसेनको शित्तलपाटीस्थित भीमसेन मन्दिर परिसरबाट निकालिएको रथ यात्राले तानसेन नगर क्षेत्रका विभिन्न भागको परिक्रमा गरेको थियो । सो क्रममा भीमसेनको मूर्तिलाई खटमा...


