भण्डारण गरिएको सुन्तला कुहियो, किसान चिन्तित
शुक्रबार, माघ २०, २०७९
चोरीका घटना बढेपछि पाल्पा प्रहरी चनाखो
शुक्रबार, माघ २०, २०७९
छिमेकी जिल्लाहरुमा चोरीका घटनाहरु बढेपछि पाल्पा प्रहरी चनाखो बनेको छ । जिल्ला प्रहरी कार्यालयले छिमेकी जिल्ला गुल्मी, स्याङ्जा, रुपन्देहीका विभिन्न स्थानमा चोरीका घटना बढ्न थालेपछि उच्च सर्तकताका साथ चनाखो बनेको हो । पाल्पामा पनि चोरीका घटना हुुन सक्ने भन्दै प्रहरीले सबैलाई उच्च सर्तकता अपनाउन भनेको छ । उसले एक सूूचना...
रवि प्रकरणले उब्जाएको प्रश्न
शुक्रबार, माघ २०, २०७९
रवि लमिछानेले अन्ततः जिल्ला प्रशाशन कार्यालय काठमाडौंबाट नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरे । उनी यस प्रकरणमा सम्मानित अदालत अनुरुप दोषी देखिए । उनले के गर्नु पर्ने थियो या थिएन भन्ने कुरा भन्दा पनि हाम्रो मुलुकको शासन सत्ता सञ्चालन गर्ने शसकहरुले पालन गर्ने विधि, विधान, ऐन, नियमको कुरा हो ।
तानसेनमा निकालियो भिमसेनको रथ यात्रा
बिहीबार, माघ १९, २०७९
जिल्लाको सदरमुुकाम तानसेनमा विहीबार धार्मिक आस्थासँग जोडिएको भीमसेनको रथ यात्रा निकालिएको छ । नेवार समुदायले हरेक वर्ष माघ शुक्ल भीमा द्वादशीका दिन भिमसेनको रथ यात्रा निकाल्ने गर्दछन् ।
सांसद चौधरी पक्राउ
बिहीबार, माघ १९, २०७९
सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । बिहीबार दिउँसो बाँकेबाट प्रहरीले उनलाई पक्राउ गरेको हो । चौधरी नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित सांसद हुन् ।
लुम्बिनी प्रदेश : मन्त्रालय घटे, दलहरूको दाबी घटेन
बिहीबार, माघ १९, २०७९
लुम्बिनी प्रदेश सरकारले १३ बाट घटाएर १० वटा मन्त्रालयको टुंगो लगाएको छ । मुख्यमन्त्री लिला गिरीले सत्तारुढ दलका शीर्ष नेताहरूसँगको छलफलपछि १३ बाट घटाएर १० वटा मन्त्रालयको टुंगो लगाएका हुन् । उनले नियुक्ति भएकै दिन मन्त्रालयको संख्या घटाउने घोषणा गरेका थिए । मुख्यमन्त्री गिरीले यस अघि एक मन्त्रालय घटाइसेका थिए ...
बिचौलियाको मारमा सुन्तला कृषक
बिहीबार, माघ १९, २०७९
गुल्मीको सदरमुकाम तम्घास बजारमा अहिले सुन्तलाको भाउ प्रतिकिलोग्राम एक सय छ । दानाको आकारका भरमा पाँचदेखि १० तलमाथि भए पनि यो समयमा सुन्तलाको मूल्य स्थिर रहन्छ । गुल्मीमा पर्याप्त मात्रामा सुन्तला उत्पादन, स्थानीय बजारमा खपत र बाहिरी बजारमा निर्यात हुँदै आए पनि यसको फाइदा बिचौलीयाले उठाइरहेका छन् ।
आज विश्व सिमसार दिवस मनाइदैं
बिहीबार, माघ १९, २०७९
प्रत्येक वर्ष फ्रेब्रुअरी २ का दिन मनाइने विश्व सिमसार दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘सिमसार क्षेत्र पुर्नस्थापना’ भन्ने नाराका साथ सन् २०२३ को विश्व सिमसार दिवस मनाउन लागिएको हो ।
बढेर आयो इन्धनको भाउ
बिहीबार, माघ १९, २०७९
डिजेल र पेट्रोलको भाउ भारतबाट बढेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै भारतीय आयल कर्पोरेसन (आईओसी)ले निगमलाई इन्धनको भाउ बढाएर पठाएको हो ।
पेट्रोल छर्केर बागलुङमा एक पुरुषले गरे आत्मदाहको प्रयास
बुधबार, माघ १८, २०७९
केही दिन अघि काठमाडौंमा पेट्रोल छर्केर आत्मदाह गरेको घटना सेलाउन नपाउदै फेरी बागलुङमा एक पुरुषले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन् । जिल्लाको बागलुङ नगरपालिका–८ सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग
बुधबार, माघ १८, २०७९
निर्वाचन आयोगमा रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता प्रक्रिया नै गलत रहेको भन्दै खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । युवराज पौडेल सफलले आयोगसमक्ष उजुरी दिएका हुन् ।
डोकोमै सुन्तला बेचेर दुई लाख आम्दानी
बुधबार, माघ १८, २०७९
गुल्मीकी पार्वता पाण्डेले डोकोमै सुन्तला बेचेर दुई लाख आम्दानी गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका–४ की पाण्डेले सडक छेउमै बसेर यो समयमा मात्र दुई लाख आम्दानी गरेका हुन् । मदन भण्डारी राजमार्गको तम्घास–छल्दी सडकखण्ड पश्चिम गुल्मीको मुख्य सडक हो ।
स्वास्थ्य केन्द्र निर्माण
बुधबार, माघ १८, २०७९
बुटवल उपमहानगरपालिकाभित्र ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा पुर्याउन सुविधा सम्पन्न दुईवटा भवन निर्माण थालिएको छ । वडा नं १७ को मोतीपुर र वडा नं १३ को बेलबासमा १६–१६ शय्याका अक्सिजन सुविधासहित स्वास्थ्य केन्द्रको निर्माण सुरु भएको हो ।


