Shittalpati
तानसेनमा सानिमा बैंकले गर्याे रक्तदान कार्यक्रम
तानसेनमा सानिमा बैंकले गर्याे रक्तदान कार्यक्रम सानिमा बैंक तानसेन शाखाले रक्तदान कार्यक्रम गरेको छ । बैंकले स्थापनाको १८ औँ वार्षिकोत्सवको अवसर पारेर बुधबार तानसेनमा रक्तदान कार्यक्रम गरेको हो ।
रुपन्देहीमा क्रिकेट प्रतियोगिता
रुपन्देहीमा क्रिकेट प्रतियोगिता रुपन्देही क्रिकेट संघको आयोजनामा बुधबारदेखि ‘साई ग्लोबल कप–२०७९ टी–२०’ क्रिकेट प्रतियोगिता सुरु भएको छ । भैरहवास्थित सिद्धार्थ रङ्गशाला सुरु भएको प्रतियोगितामा २० वटा कलेजमा अध्ययन गर्ने क्रिकेट खेलाडीको संस्थागत सहभागिता छ ।
काँग्रेस संसदीय दलको नेतामा देउवा
काँग्रेस संसदीय दलको नेतामा देउवा काँग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा विजयी भएका छन् । आज भएको निर्वाचनमा प्रधानमन्त्रीसमेत रहेका देउवाले ६४ मत ल्याएर विजयी भएका हुन् । उनीसँग प्रतिस्पर्धामा रहेका महामन्त्री गगन थापाले २५ मत ल्याए । काँग्रेस संसदीय दलको निर्वाचनमा नवनिर्वाचित ८९ सांसदले मतदान गरेका थिए ।
कृषि र पशुपालनको क्षेत्रमा काम गर्दै सहकारी
कृषि र पशुपालनको क्षेत्रमा काम गर्दै सहकारी सामान्य कुराकानी चलिरहेका बेला दुई/चार जनाको एक समूहका बीचमा एउटा सहमति भयो । त्यो सहमति आर्थिक आवश्यकता परिपूर्तिका लागि थियो । आफू र आफ्ना नजिक भएकासँग सम्पर्क गरेर एउटा संस्था स्थापना गर्ने सल्लाह भयो । त्यसपछि ३१ जनाबाट सुरु भएको संस्था आज १४ हजारभन्दा बढीलाई आवद्ध गराउँदै छ जिल्लामा विस्तार...
बिजुलीबाट ११ अर्ब १६ करोड
बिजुलीबाट ११ अर्ब १६ करोड पछिल्लो समय नेपालले बिजुली भारत निर्यात गर्र्दै आएको छ । नेपालमा उत्पादन गरिएको बिजुली खपत गरी बढी भएको नेपाल विद्युत प्राधिकरणले भारत निर्यात गर्दै आएको हो ।
पाल्पामा ट्रक र मोटरसाईकल  ठोक्किदाँ  एकको मृत्यु
पाल्पामा ट्रक र मोटरसाईकल ठोक्किदाँ एकको मृत्यु पाल्पामा ट्रक र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिका– ४ भैरवस्थानस्थित बाहुनडाँडामा मंगलबार साँझा ट्रकसँग मोटरसाइकल ठोक्किन पुग्दा मोटरसाइकलको पछाडी सवार रिब्दीकोट ६ ठिमुरेका ३० वर्षीय नरबहादुर गाहाको ज्यान गएको हो ।
काँग्रेस संसदीय दलको नेतामा देउवा र थापाको उम्मेदवारी
काँग्रेस संसदीय दलको नेतामा देउवा र थापाको उम्मेदवारी नेपाली काँग्रेस संसदीय दलको नेताका लागि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दर्ता गराएका छन् । आज दिउँसो सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा देउवा र थापाले उम्मेदवारी दर्ता गराएका हुन् ।
तानसेनमा तीन सय बढी तोपका गोला भेटिए
तानसेनमा तीन सय बढी तोपका गोला भेटिए जिल्लाको तानसेनमा तीन सय बढी तोपका गोला भेटिएका छन् । यहाँको जिल्ला अस्पताल नजिकै गोलाखानामा घडेरी खन्ने क्रममा तीन सय ३० भन्दा बढी तोपका गोला भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
काँग्रेस संसदीय दलको नेतामा गगन लड्ने पक्का, शेखरले सहयोग गर्ने
काँग्रेस संसदीय दलको नेतामा गगन लड्ने पक्का, शेखरले सहयोग गर्ने नेपाली काँंग्रेसको संसदीय दलको नेतामा संस्थापनइतर समूहबाट महामन्त्री गगन थापा नै उम्मेदवार बन्ने पक्का भएको छ । शेखर कोइरालाले थापालाई नै समर्थन गर्ने भएपछि उनी संंसदीय दलको नेतामा लड्ने पक्का भएको हो ।
जनप्रतिनिधि फेरिए, नीति तथा कार्यक्रम फेरिएनन्
जनप्रतिनिधि फेरिए, नीति तथा कार्यक्रम फेरिएनन् पाल्पाका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम ल्याए पनि अधिकांशले पुरानै नीति र कार्यक्रमलाई निरन्तरता दिएका छन् । यहाँका ४ वटा स्थानीय तहमा सत्ता परिवर्तन भएको छ तर प्रायःनीति तथा कार्यक्रम चाहीं पुरानै छन् । नयाँ जनप्रतिनिधि आए पनि शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि,...
पाल्पा एमालेको निर्वाचन समीक्षा
पाल्पा एमालेको निर्वाचन समीक्षा नेकपा एमाले पाल्पाले पनि निर्वाचन समीक्षा गरेको छ । एमालेले मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका विषयमा समीक्षा गरेको हो । समीक्षा कार्यक्रममा एमालेका दशवटै पालिकाका प्रमुखहरुले निर्वाचनका विषयमा जानकारी गराएका थिए । उनीहरुले आ–आफ्नो पालिकामा एमालेका उम्मेदवारले प्राप्त गरेको मत परिणाम र निर्वाचनको अवस्थामा विषयमा पार्टी नेतृत्वलाई...
रैथाने बाली लोप हुँदै
रैथाने बाली लोप हुँदै उन्नत तथा ‘हाइब्रिड’ जातको बीउको बढ्दो प्रयोगका कारण रैथाने बाली लोपहुँदै गएका छन् । थोरै जमिनमा धेरै उत्पादन लिन आधुनिक, उन्नत तथा ‘हाइब्रिड’ जातको बालीतर्फ किसान आकर्षित हुँदा रैथाने (स्थानीय) बाली लोप हुन थालेका हुन् ।
Weather Update