Shittalpati
प्राधिकरणले पायो फ्रिक्वेन्सी अनुमति
प्राधिकरणले पायो फ्रिक्वेन्सी अनुमति नेपाल विद्युत प्राधिकरणले रेडियो फ्रिक्वेन्सीको अनुमति पाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा चार वर्षदेखि अड्किएको रेडियो फ्रिक्वेन्सीको अनुमति प्राधिकरणले पाएको हो ।
सुन र नगदसहित बुटवलमा प्रहरीका डीएसपी पक्राउ
सुन र नगदसहित बुटवलमा प्रहरीका डीएसपी पक्राउ बुटवलमा सुन र नगदसहित प्रहरी नायब उपरीक्षक ठगबहादुर केसी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक केसीलाई ३५ तोला सुन र १८ लाख रुपैयाँ नगदसहित आइतबार राति निवासबाटै पक्राउ गरेको हो ।
पाल्पाको निस्दीमा टिपरले किच्दा सहचालकको मृत्यु
पाल्पाको निस्दीमा टिपरले किच्दा सहचालकको मृत्यु जिल्लाको निस्दी गाउँपालिका–७ पिपेण्डीस्थित सर्वोतम चुनढुङ्गाखानी नजिकै टिपरले किच्दा सहचालकको मृत्यु भएको छ । सोमबार विहान हावा भर्न रोकी राखेको ग २ ख ०७६९ नम्वरको टिपर अचानक गुड्न गई नजिकै पार्किङ्ग गरी राखेको ग २ ख ०७७१ नम्वरको टिपरमा ठोक्किन जाँदा ग २ ख ०७६९ नम्वरको टिपरका सहचालकको मृत्यु भएको...
नेतृत्व हानथापले काँग्रेसलाई नोक्सान, एमालेको सरप्राइज, प्रचण्ड प्रधानमन्त्री
नेतृत्व हानथापले काँग्रेसलाई नोक्सान, एमालेको सरप्राइज, प्रचण्ड प्रधानमन्त्री असीमित सम्भावनाको पुञ्ज भएकाले राजनीतिमा कहिलेकाहीँ नसोचेको परिदृश्यसमेत देखिन्छ । सत्ता समीकरणको खेलमा आफू अनुकल नेताहरूले जुनसुकै निर्णय गर्छन् । नेपालजस्तो देशमा त झन् धेरैजसो समय राजनीतिमा नसोचेका निर्णय र परिदृश्यहरु देखा पर्ने गरेका छन् । आइतबार त्यस्तै परिदृष्य नेपाली राजनीतिको समीकरणले देखाएको छ ।
गुल्मीको इस्मामा तीन वर्षदेखि अलपत्र फुटबल रङ्गशाला
गुल्मीको इस्मामा तीन वर्षदेखि अलपत्र फुटबल रङ्गशाला गुल्मीमा निर्माण गर्न थालिएको लखन थापा अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला विगत तीन वर्षदेखि अलपत्र परेको छ । जिल्लाको इस्मा गाउँपालिका–६ अम्मरपुर बुल्मचौरमा निर्माण गर्न लागिएको रङ्गशालाको पहिलो चरणको काम विसं २०७६ चैतमा सम्पन्न भए पनि दोस्रो चरणको काम सुरु हुन सकेको छैन ।
पाल्पामा पनि मनाइयो ‘क्रिसमस डे’
पाल्पामा पनि मनाइयो ‘क्रिसमस डे’ क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा यस समुदायले आइतबार पाल्पासहित देशभर ‘क्रिसमस डे’ विभिन्न कार्यक्रम गरी मनाएका छन् । पाल्पामा रहेका विभिन्न चर्चलेहरु आ–आफ्नै तवरले उक्त पर्व मनाएका हुन् । येशुको जन्मोत्सवको उपलक्ष्यमा क्रिश्चियन धर्मावलम्बीले प्रभु येशुले समस्त नेपालीको कल्याण गरून् भन्ने कामनासहित जिल्लाका चर्चमा प्रार्थना लगायत सामान्य...
ग्लोबल बैंकको गुल्मीसहित देशभर आठ नयाँ शाखारहित सेवा विस्तार
ग्लोबल बैंकको गुल्मीसहित देशभर आठ नयाँ शाखारहित सेवा विस्तार ग्लोबल आइएमई बैंकले गुल्मीसहित देशभर ८ वटा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले गुल्मीको मुसिकोट नगरपालिका वडा ४ बडागाउँ नेटा र वडा २ देउरालीमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले वामी शाखा अन्तर्गत रहने बडागाउँ नेटाको शाखारहित बैंकिङ सेवाको लागि स्थानीय बोमबहादुर छन्तेल र...
बालकोट बैठक : प्रचण्डलाई प्रधानमन्त्री बनाउने, एमालेले राष्ट्रपति लिने
बालकोट बैठक : प्रचण्डलाई प्रधानमन्त्री बनाउने, एमालेले राष्ट्रपति लिने बालकोट बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको छ । बैठकमा प्रधानमन्त्रीमा माओवादी केन्द्र र राष्ट्रपतिमा नेकपा एमाले हुने सहमति भएको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टीको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको हो ।
नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा आज सकिँदै
नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा आज सकिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी नयाँ सरकार गठनका लागि आह्वान गरेको एक साताको समय आज सकिँदै छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि नयाँ सरकार गठन गर्न राष्ट्रपतिले यही पुस ३ गते एक साताको समय निर्धारण गरी आह्वान गरेकी थिइन् ।
तानसेन सहकारीमा नयाँ नेतृत्व, अध्यक्षमा पोखरेल
तानसेन सहकारीमा नयाँ नेतृत्व, अध्यक्षमा पोखरेल तानसेन बचत तथा ऋण तथा सहकारी संस्था लिमिटेड तानसेन पाल्पामा नयाँ नेतृत्व आएको छ । संस्थाको तानसेनमा भएको १४ औं साधारण सभा तथा छैठौं अधिवेशनबाट नयाँ नेतृत्व आएको हो ।
पाँच दशकपछि ‘जग्गाधनी’
पाँच दशकपछि ‘जग्गाधनी’ पाल्पाको रामपुर नगरपालिका किसानबारीका ६६ वर्षीय श्यामप्रसाद उपाध्यायले जग्गाधनी प्रमाणपूर्जाको पर्खाइमा जीवनका तीन दशक बिताए । अव्यवस्थित बसोवासी भए पनि भोग चलन गर्दै गरेको जग्गामा घर बनाए थिए । तर, त्यसरी जीवन चलाउँदा अनेक बाधा थिए । ३१ वर्षपछि उपाध्यायले आफुले प्रयोग गर्दै आएको चार आना जग्गाको लाजपूर्जा पाए ।...
आज देशभर ‘क्रिसमस डे’ मनाइँदै
आज देशभर ‘क्रिसमस डे’ मनाइँदै आज देशभरका चर्चमा क्रिसमस पर्वका रुपमा इसाई धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । इसाई धर्मावलम्बीहरूको सबैभन्दा ठूलो चाडका रुपमा क्रिसमस डे मनाउन लागिएको हो ।
Weather Update