पाल्पाबाटै लाइसेन्स नविकरण सेवा सुरू
शुक्रबार, जेठ ५, २०८०
अर्घाखाँचीमा बिजुलीको खम्बाबाट खसेर एकको मृत्यु
शुक्रबार, जेठ ५, २०८०
सन्धिखर्क नगरपालिका–८ किमडाँडामा बिजुलीको खम्बाबाट खसेर एक जनाको ज्यान गएको छ । सो घटनामा एक जना घाइते भएका छन् ।
रामपुरमा आवधिक योजना तर्जुमा कार्यशाला
शुक्रबार, जेठ ५, २०८०
रामपुर नगरपालिकाको आवधिक योजना तर्जुमा सम्बन्धी ३ दिने कार्यशाला गोष्ठि विहिबार देखि शुरु भएको छ । रामपुर नगरपालिकाको आयोजना र प्रदेश सुशासन केन्द्र बाँकेको प्राविधिक सहयोगमा आवधिक नगर विकास योजना तर्जुमा कार्यक्रम अन्तर्गत कार्यशाला गोष्ठि शुरु भएको हो ।
बस दुर्घटनामा एक जनाको मृत्यु
शुक्रबार, जेठ ५, २०८०
दाङमा दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु२ख ७८५ नम्बरको बस र वीरगञ्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना५ख ४८९८ नम्बरको बस आज बिहान लमही नगरपालिका–३ फल्कापुरमा एकापसमा ठोक्किएका हुन् ।
रामपुरका अव्यवस्थितवासीलाई ‘लाल पुर्जा’, ६ सय १६ जग्गाधनीले पाए पुर्जा
शुक्रबार, जेठ ५, २०८०
रामपुरका अव्यवस्थितवासीलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ । गत वर्षदेखि वितरण सुरु गरिएकोमा हालसम्म ६ सय १६ अव्यवस्थितवासीलाई जग्गाधनी पुर्जा वितरण गरिएको हो ।
आज नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै राष्ट्रपति
शुक्रबार, जेठ ५, २०८०
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम शुक्रबार संघीय संसंद्मा प्रस्तुत गर्दै छन् । संघीय संसद्को दिउँसो ४ बजे बस्ने संयुक्त बैठकमा राष्ट्रपतिबाट आर्थिक वर्ष २०८०/०८१ नीति तथा कार्यक्रम प्रस्तुत हुने संसद् सचिवालयले जनाएको छ । गठबन्धन नेतृत्वको सरकारको पहिलो नीति तथा कार्यक्रम सार्वजनिक हुन लागेको हो ।
नेपाल एयरलाइन्सले मलेसिया–भैरहवा १२ हजार सात सयमै उडाउने
बिहीबार, जेठ ४, २०८०
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ । सो अवसरमा निगमले मलेसियाबाट प्रवर्द्धनात्मक भाडादर रु १२ हजार सात सय कायम गरेको छ । यो मलेसियाबाट भैरहवा उडानका लागि मात्र हो ।
तानसेनमा ‘वृत्ति विकास तथा रोजगार’ मेला हुँदै
बिहीबार, जेठ ४, २०८०
जिल्लाको तानसेन नगर सरकारले रोजगारी सिर्जना गर्ने उद्देश्यले वृत्ति विकास तथा रोजगार मेला गर्ने भएको छ । नगर सरकारले नगर भित्रका नागरिकहरुसँग जोस, जागर, ज्ञान सीप भएर पनि बेरोजगार बस्नुु परेको अवस्थालाई मध्यनजर गर्दै रोजगार मेलामो आयोजना गरेको हो ।
रामपुरमा बजेट र वित्तिय सम्बन्धी अभिमुखिकरण
बिहीबार, जेठ ४, २०८०
जिल्लाको रामपुरमा बजेट तथा अन्य वित्तिय विषयहरु सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम भएको छ । रामपुर नगरपालिकाको अयोजना र कोष तथा लेखा नियन्त्रण कार्यालय पाल्पाको प्राविधिक सहयोगमा अभिमुखिकरण कार्यक्रम भएको हो ।
कालीगण्डकीका शिक्षकलाई उत्प्रेरणामूलक कार्यशाला
बिहीबार, जेठ ४, २०८०
जिल्लाको कालीगण्डकी गाउँपालिकाले शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षकहरुका लागि उत्प्रेरणामूलक कार्यशाला सञ्चालन गरेको छ । पालिका भित्रका प्रावि, निमावि र माविमा अध्यापन गराउने शिक्षकहरुका लागि पालिकाले दुई दिने उत्प्रेरणात्मक कार्यशाला सञ्चालन गरेको हो ।
पाल्पासहित देशभर भ्रष्टाचार विरोधी प्रदर्शन, भ्रष्टलाई कारवाही गर्ने अवसर
बिहीबार, जेठ ४, २०८०
नक्कली भुटानी शरणार्थी प्रकरणमा बहालवाला सचिवसहित पूर्वमन्त्रीहरूसमेतको संलग्नता रहेको तथ्य सार्वजनिक भएपछि पाल्पासहित देशभर भ्रष्टाचारविरोधी अभियान सुरु भएको छ । पाल्पाको तानसेन, बुटवल, काठमाडौंको माइतीघर, कास्कीको पोखरालगायतका स्थानमा भ्रष्टाचारविरोधी प्रदर्शन भइरहेका छन् ।
श्रीनगर यातायात सहकारीको अधिवेशन, अध्यक्षमा ढुुंगाना
बुधबार, जेठ ३, २०८०
श्रीनगर यातायात सहकारी संस्था तानसेनको प्रारम्भिक साधारण सभा तथा अधिवेशन भएको छ । सहकारीको बुधबार साधारण सभा तथा अधिवेशन भएको हो ।
रामपुरमा महिन्द्राको शोरुम
बुधबार, जेठ ३, २०८०
जिल्लाको रामपुरमा महिन्द्रा गाडीको शोरुम सञ्चालनमा ल्याइएको छ । ३२ औँ शोरुम रुपमा रामपुरमा सेवा सञ्चालनमा ल्याइएको हो ।
रामपुर अटो भिलेजका सञ्चालक गणेश प्रसाद रेग्मी र कुलमणी रेग्मीले शहरीकरणतर्फ उन्मुख हुँदै गरेको रामपुरमा महिन्द्रा कम्पनीको शोरुम सञ्चालनमा ल्याएका हुन् ।


