
देश गरिबीबाट मुक्त नभएसम्म समृद्धि हासिल हुँदैन : प्रधानमन्त्री
शनिबार, साउन २६, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई गरिबीबाट मुक्त नगरेसम्म ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा नहुने बताएका छन् ।

बङ्गलादेश : प्रधानमन्त्री हसिनाले पदबाट राजिनामा दिएको सेना प्रमुख जमानद्वारा जानकारी
सोमबार, साउन २१, २०८१
बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाले आफ्नो पदबाट राजीनामा दिएको सेनाप्रमुख वाकर–उज–जमानले सोमबार दिउसो जानकारी गराएका छन् ।

सञ्चारिका समूह पाल्पामा नयाँ नेतृत्व, अध्यक्षमा डोटेल
शनिबार, साउन १९, २०८१
महिला पत्रकारहरुको साझा संस्था सञ्चारिका समूह नेपाल पाल्पामा नयाँ नेतृत्व चयन भएको छ ।

लुम्बिनीका मन्त्रीहरुको जिम्मेवारी तोकियो, कुन मन्त्रीले के पाए ?
शुक्रबार, साउन १८, २०८१
लुम्बिनी प्रदेशका मन्त्रीहरूको जिम्मेवारी तोकिएको छ । विना विभागीय मन्त्रीका रूपमा रहेका आठ मन्त्रीहरुको शपथ लिएको ९ दिनपछि शुक्रबार विभागीय जिम्मेवारी तोकिएको हो ।

प्रदेश प्रमुखले लिए शपथ
बिहीबार, साउन १७, २०८१
तीन प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार शितल निवासमा प्रदेश प्रमुखहरूले शपथ लिएका हुन् ।

लुम्बिनीमा प्रदेश प्रमुख फेरिएको फेरियै
बुधबार, साउन १६, २०८१
राजनीतिक भागबण्डामा नियुक्त गर्ने र सत्तासमीकरणमा तलमाथि हुने बित्तिकै पहिलो प्रहार प्रदेश प्रमुखमाथि हुने गरेको छ । केन्द्र सरकारको मनलाग्दीले प्रदेश प्रमुखको नियुक्ति र बर्खास्तीको खेलले प्रदेश प्रमुख पदकै गरिमा, महत्व र ओजन घट्दै गएको छ ।

प्रतिनिधिसभा बैठक साउन २० गतेसम्मका लागि स्थगित
मंगलबार, साउन १५, २०८१
प्रतिनिधिसभा बैठक साउन २० गतेसम्मका लागि स्थगित भएको छ । मंगलबार बसेको बैंठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको अर्को बैठक साउन २० गते आइतबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको जानकारी गराएका हुन् ।

डा. मुकुल ढकालद्वारा निर्वाचन आयोगमा निवेदन
आइतबार, साउन १३, २०८१
डा. मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०को महामन्त्री एवं प्रवक्ता र केन्द्रीय सदस्यबाट आफुलाई पदमुक्त गरिनु अवैधानिक भएको दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

महिलाको व्यक्ति र नेतृत्व विकासमा पाल्पा जेसिजको अभियान
शुक्रबार, साउन ११, २०८१
पाल्पा जेसिजले सञ्चालन गरेको महिलाहरुको व्यक्तित्व र नेतृत्व विकास एक हप्ते अभियान सकिएको छ । साउन ४ गतेदेखि सञ्चालन भएको जेसिज सप्ताह साताव्यापी कार्यक्रम गरी सकिएको हो ।

केन्द्रको हस्तक्षेपले लुुम्बिनीमा व्यापक असन्तुष्टि
शुक्रबार, साउन ११, २०८१
प्रदेश सरकारहरुले आफ्नो दोस्रो कार्यकाल सुरु गर्दा राजनीतिक स्थिरता कायम हुने र संघीयता कार्यान्वयन प्रभावकारी हुने आम अपेक्षा थियो । तर दोस्रो कार्यकालको यतिका समय वित्दा समेत प्रदेश सरकारहरु अस्थिर देखिएका छन् । केन्द्रमा फेरिएको गठबन्धनको प्रभाव प्रदेशमा समेत सरेको छ ।

लुम्बिनीमा मन्त्री छनोटप्रति काँग्रेसको असन्तुष्टि
बिहीबार, साउन १०, २०८१
नेपाली काँग्रेस लुम्बिनी प्रदेश समितिले प्रदेश सरकारका लागि मन्त्री छनोट गरिएको विषयलाई लिएर व्यापक असन्तुष्टि जनाएको छ । केन्द्रबाट मन्त्री छनोटको विषयमा प्रदेश समितिलाई बेवास्ता गरिएको भन्दै काँग्रेसले असन्तुष्टि जनाएको हो ।

लुम्बिनी सरकार : पाल्पाका खेम सारु बने मन्त्री, मुख्यमन्त्रीसहित आठ मन्त्रीले लिए शपथ
बुधबार, साउन ९, २०८१
पाल्पा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा (२) बाट निर्वाचित सांसद खेम सारु लुम्बिनी प्रदेशमा मन्त्री बनेका छन् । काँग्रेस–एमाले मिलेर बनेको नयाँ गठबन्धनको सरकारमा सारु मन्त्री बनेका हुन् ।