Shittalpati
गुल्मीको सत्यवतीमा  जिप दुर्घटना, ५ को मृत्यु, ४ जना घाइते

गुल्मी, गुल्मीको सत्यवतीमा गाउँपालिका– ३, ठूलोलुम्पेक स्थित कुडडाँडामा जिप दुर्घटना भएको छ । आज विहान ठूलोलुम्पेको गेंझाबाट कुडडाँडातर्फ जाँदै गरेको लु ३ च ५३४० नम्बरको जिप दुर्घटना भएको हो ।

दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ, भने ४ जना घाइते भएको स्थानीय पहलमान फौजाले बताए । दुर्घटनामा परी मृत्यु हुनेहरुमा सत्यवती– ३ कुडडाँडाका जिप धनी ५१ वर्षीय झलक सोमै, ५५ वर्षीय टीका राहादी, ४७ वर्षीय रनबहादुर सिजापति, २५ वर्षीय मिलन तरामो र ४८ बर्षिया जमुना सोमै रहेको फौजाले जानकारी दिए । जमुना गाडी धनी सोमैकी पत्नी रहेको बुझिएको छ । उनीहरुको घटनास्थलमै ज्यान हो । घाइते हुनेहरुमा सत्यवती– ३ का जिप चालक ३३ वर्षीय कार्बाेलिन सोमै, ३२ वर्षीय चेतमान सिञ्जाली, ४९ वर्षीय गिरबहादुर राहादी र खण्डन सोमै रहेका छन् ।

घाइतेहरुको स्थानीय र प्रहरीले उद्दार गरी उपचारको लागि पाल्पा पठाइएको छ । जिप दुर्घटना आज बिहान ३ बजे भएको जनाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ०७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update