Shittalpati
भीरमा अड्किएकी भारतीय एक महिलाको गुल्मीमा उद्धार

कौरव खत्री
गुल्मी, जिल्लाको मुसिकोट नगरपालिका वडा नं ८ अर्छुङको तारिके भीरमा अड्किएको अवस्थामा रहेकी एक महिलाको नेपाली सेनाद्वाारा उद्धार गरिएको छ । भारतको मधुपुर घर भएकी अन्दाजी ३५ बर्षीय घुना नाम बताउने महिलाको नेपाली सेना र नेपाल प्रहरी र जनप्रतिधिको सहयोगमा सहयोगमा महिलाको शकुसल उद्धार गरिएको हो ।

साथै उद्धार गरिएकी महिलालाई वामी स्वास्थ्यचौकीमा स्वास्थ्य परिक्षणपछि उनलाई मुसिकोट नगरपालिका ७ को रुद्रावति बहुमुखी क्याम्पसको क्वाराइन्टाइनमा राखिएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको मुसिकोट नगरपालिका वडा नं. ८ का वडाअध्यक्ष नारायण सापकोटाले जानकारी दिए । बुधवार साँझ अवेरसम्म पनि उद्धारको प्रयास गरिएता पनि अँध्यारो जोखिमपूर्ण ठाउँ भएकोले हिजो उनको उद्धार गर्न नसकेपछि आज बिहानै उनको नेपाली सेना नेपाल प्रहरी र जनप्रतिधिहरु एवं स्थानीयवासीहरुको सहयोगमा महिलाको उद्धार गरिएको वडाअध्यक्ष सापकोटाले जानकारी दिए । मुसिकोट नगरपालिकाको वडा नं ८ को अर्छुङ नजिकैको तारिके भीरमा मोटरबाटोबाट करिव ३ सय मिटर तल भिरमा अड्किएको अवस्थामा भेटिएकी थिइन ।

प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  १९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update