Shittalpati
गुल्मीमा बेवारिसे अवस्थामा भेटिएको शवको पहिचान खुल्यो

गुल्मी । सोमबार जिल्लाको मुसिकोट नगरपालिका ४ भगलाममा बेवारिसे अवस्थामा भेटिएको शवको पहिचान खुलेको छ । भगलामस्थित छल्दीपनाहादेखि ईन्द्रेगैडा जाने सडक खण्डको ५० मिटर मुनी बगरमा भेटिएको पुरुषको बेवारिसे शवको पहिचान खुलेका हो । बेवारिसे अवस्थामा फेला परेको शव मुसिकोट नगरपालिका वडा नम्बर –३ पेगा निवासी ३३ वर्षीय सुरज गन्धर्वको रहेको जिल्ला प्रहरी कार्यालयकका प्रहरी निरीक्षक चुरामणी पुनले बताए । गन्धर्वको शव सोमबार सोही नगरपालिका वडा नम्बर ४ स्थित बगरमा फेला परेको थियो । मृतक गन्धर्वको के कति कारणले मृत्यु भएको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update