Shittalpati
तम्घासमा ठूला सवारी साधन सञ्चालनमा रोक

गुल्मी, जिल्लाको सदरमुकाम तम्घासमा ठूला सवारी साधनमा रोक लगाइएको छ । तम्घास बजार क्षेत्रभित्र ट्राफिक जाम हुन थालेपछि आइतबारदेखि दैनिक विहान ९ देखि ११ बजेसम्म ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।

उक्त समय कार्यालय र विद्यालय खुल्ने भएकाले बढी ट्राफिक ट्राफिक जाम हुनाले ठूला गाडि सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । विहानको समय स्कूल बस सञ्चालन हुने भएकाले त्यस समयमा टिपर, ट्रक र ट्याक्टर लगायतका ठूला सवारी साधन सञ्चालनमा प्रशासनले रोक लगाएको हो । सरोकारवालाहरुसँगको छलफलपछि सवारी साधन सञ्चालनबारे नयाँ नियम बनाइएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए । चाडपर्वको समयमा मानिसहरुको पनि भीडभाड हुने र सवारी साधनको पनि चाप बढ्ने गरेपछि तम्घास बजार क्षेत्र अस्तव्यस्त हुने गरेको छ । सवारीको चाप व्यवस्थापन गर्न रेसुङ्गा नगरपालिकाका नगर प्रहरी पनि खटाउने, सवारीमा भाडादर देखिने गरेर टाँस्ने र सबैले मास्क अनिवार्य लगाउन आग्रह गरिएको छ ।

बजार क्षेत्रमा समान लोड र अनलोड बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म नगर्ने, खाली टिपर र ट्रकले बाख्रेछेडाको सडक प्रयोग गर्नुपर्ने नियम बनाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक कृष्णप्रसाद आचार्यले बताए । बजार क्षेत्रमा प्रेसर हर्न निषेध गर्ने र सवारी पार्किङ गर्दा सडकको एक छेउमा मात्र पार्किङ गर्ने, एक दिन एक छेउमा र अर्को दिन अर्को छेउ पार्किङ गर्ने गरी नियम बनाइएको छ ।

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update