Shittalpati
पाल्पामा मलामी छाडेर फर्कदै गरेको जिप दुर्घटना, दुई घाइते

पाल्पा । पाल्पामा मलामी छाडेर फर्कदै गरेको जिप दुर्घटना भएको छ । आज (सोमबार) साझाँ रम्भा गाउँपालिका २ टिम्मुरडाँडा स्थित भित्री कच्ची सडक खण्डमा गोरङ्चेबाट झोकेदीतर्फ मलामी छाडी फर्कने क्रममा लु १ ज २१६३ नं.को जिप दुर्घटना भएको हो ।

दुर्घटनामा दुई जना घाइते भएका छन् । घाइते हुनेहरुमा चालक रम्भा २ का ४५ वर्षीय खुम बहादुर सुनारी र सहचालक सोही स्थानका ३४ वर्षीय दिप बहादुर सिंजाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते उनीहरुको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका भइरहेको छ । उनीहरुको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ । जिप अनियन्त्रित भई सडक देखी १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०७७  १८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update