Shittalpati
दाउरा निकाल्न जाँदा कालीगण्डकी नदीमा डुवेर एक युवक बेपत्ता

पाल्पा, पाल्पाको रामपुर नगरपालिका–१० शिकोडाँडा स्थित कालीगण्डकी नदीमा डुवेर एक युवक बेपत्ता भएका छन् । नदी किनारमा दाउरा निकाल्ने क्रममा डुवेर स्याङ्जा गल्याङ नगरपालिका ९ का ३६ वर्षीय सुवास बोटे बेपत्ता भएका हुन् ।

उनी मंगलबार स्थानीय लक्ष्मण माभीm, छोप बहादुर बोटे र बुद्दे बोटेसँगै दाउरा निकाल्न नदीमा गएका थिए । साथीहहरुसँगै दाउरा निकाल्न खोज्दा सुवास अचानक नदीमा डुवेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनको प्रहरी र स्थानीयले खाजी कार्य जारी राखेका छन् । यो समाचार तयार पार्दा सम्म उनी फेला पर्न सकेका छैनन् ।

 

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०७७  ०८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update